७ वैशाख २०८१ शुक्रबार
प्रवास

मुख्यसचिवमाथि भएको दुव्र्यवहारविरुद्ध हड्ताल

नयाँ दिल्ली – आम आद्मी पार्टीका दुई विधायकले दिल्लीका मुख्यसचिव अन्सु प्रकाशमाथि गरेको दुव्र्यवहारविरुद्ध हड्ताल गर्ने दिल्ली प्रशासनिक अधीनस्थ सेवाका अध्यक्षले मंगलबार बताएका छन्।

‘हामी हड्ताल गर्दैछौं, हामी मुख्यसचिवसँगै छौं, जबसम्म आपका विधायहरु गिरफ्तार हुँदैनन्, हामी काममा जाँदैनौं’ दिल्ली प्रशासनिक अधीनस्थ सेवाका अध्यक्ष डिएन सिंहले बताएका छन् । मुख्यसचिवमाथि भएको आक्रमणमा जिम्मेवार रहेकाहरुविरुद्ध कानुनी कारबाही गर्न आफूहरुले लेफ्टिनेन्ट गभर्नर अनिल बइजालसँग आग्रह गरिसकेको समेत उनले बताएका छन्।

‘हामीले लेफ्टिनेन्ट गभर्नरलाई घटनामा दोषी रहेकाविरुद्ध कानुनी कारबाहीको माग गरेका छौं । यस्तो घटना पछिल्ला कैयौं वर्षमा कहिल्यै देखिएको थिएन, यो एउटा संवैधानिक संकट जस्तै हो,’ सिंहलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ।
दिल्लीका मुख्यसचिवले मुख्यमन्त्री अरभिन्द केजरीवालको निवासमा सत्तारुढ आम आद्मी पार्टीका दुई विधायकले आफूमाथि आक्रमण र दुव्र्यवहार गरेको आरोप लगाएका छन्।

आधार कार्डसँग सम्बन्धित समस्यामा छलफल गर्न बोलाएपछि मुख्यमन्त्री केजरीवालकै अगाडि आफूलाई ती विधायकहरुले आक्रमण गरेको मुख्यसचिव प्रकाशले आरोप लगाएका छन् । यसैबीच दिल्लीको सत्तारुढ दल आम आद्मी पार्टीले आधिकारिक विज्ञप्तिमार्फत् मुख्यमन्त्रीको निवासमा आधारसम्बन्धी समस्यालाई लिएर बैठक भएको भन्दै त्यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ।

‘आधारको कार्यान्वयनमा भएको कमजोरीका कारण गत महिना करिब दुई लाख पचार हजार परिवारले रासन प्राप्त नगरेपछि जनस्तरबाट आम आद्मी पार्टीका विधायक ठूलो दबाबमा थिए । त्यसै विषयलाई लिएर मुख्यमन्त्रीको निवासमा विधायकहरुको बैठक थियो,’ आम आद्मी पार्टीले जारी गरेको आधिकारिक विज्ञप्तिमा जनाइएको छ । मुख्यसचिवले आफू लेफ्टिनेन्ट गभर्नरप्रति मात्रै जिम्मेवार रहेको र विधायक तथा मुख्यमन्त्रीको प्रश्नको जवाफ दिन बाध्य नभएको भन्दै विधायकका प्रश्नको जवाफ दिन अस्वीकार गरेको विज्ञप्तिमा जनाइएको छ।

‘मुख्यसचिवले केही विधायकहरुमाथि तुच्छ भाषा प्रयोग गर्दै कुनै पनि प्रश्नको जवाफ नदिई हिँडेका थिए । अहिले उनले हाँस्यास्पद आरोप लगाउँदै हिँडेका छन्,’ विज्ञप्तिमा भनिएको छ।

 

प्रकाशित: ९ फाल्गुन २०७४ ०७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App