८ वैशाख २०८१ शनिबार
कला

गौतमको ‘मुनाका वेदनाहरू’

काठमाडौं– राष्ट्रकवि माधवप्रसाद घिमिरेले कवयित्री गीता भेटवाल गौतमद्वारा लिखित गीति कविता ‘मुनाका वेदनाहरू’ विमोचन गरे । राष्ट्रकवि घिमिरेले शनिबार गीति कविता विमोचन गरेका हुन् ।

तेह्रथुम स्थायी घर भई क्यानडामा बसोबास गर्दै आएकी गौतमको पुस्तक विमोचन गर्दै विदेशमा बस्ने नेपालीले साहित्यिक सिर्जनामा योगदान पु¥याउँदा आफूलाई खुशी लागेको राष्ट्रकवि घिमिरेले बताए । घिमिरेले साहित्यप्रेमी नेपाली स्रष्टा जहाँ गए पनि नेपाली माटो, प्रकृति र आदर्श बिर्सन नसक्ने भन्दै उनीहरूले नेपाली साहित्यको विकास र संरक्षणमा पु¥याएको योगदान सधैँ कदरयोग्य रहने विश्वास व्यक्त गरे ।

पुस्तक विमोचनमा साहित्यकारहरूको बाक्लो उपस्थिति थियो ।

 

प्रकाशित: १ भाद्र २०७३ ०३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App