८ वैशाख २०८१ शनिबार
समाज

आगलागीमा गम्भीर घाइतेलाई हेलीकोप्टरमार्फत काठमाडौं

खोटाङ– आगलागीमा गम्भीर घाईते भएकी खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी रत्नमायाँ सार्कीलाई हेलीकोप्टरमार्फत काठमाडौं पठाइएको छ। बुधबार बिहान भएको आगलागीमा गम्भीर घाईते भएकी सार्कीलाई जनप्रतिनिधि, संघसंस्था, बिद्यार्थी लगायतको पहलमा संकलन गरिएको रकमले हेलीकोप्टर चार्टर गरेर दिउँसो काठमाडौं पठाइएको हो। स्थानीय स्वास्थ्यसंस्थामा उपचार नभएपछि सार्कीलाई १ लाख ७० हजारमा चार्टर गरिएको हेलीकोप्टरबाट काठमाडौं पठाइएको रावाबेँसी गाउँपालिकाका प्रमुख लिलानाथ निरौलाले बताए।

आगोले रत्नमायाँको अनुहार बाहेक शरीरका अधिकांश भाग डढेको छ । उनका संवेदनसिल अंगमा समेत अशर पुगेकाले अस्पताल लैजान हेलीकोप्टर चार्टर गर्नुपरेको हो । अग्नी पीडितका लागि १ लाख २८ हजार संकलन भइसकेको छ।

काठ चिर्ने मेसिनमा पेट्रोल हाल्नेक्रममा सल्किएको आगोले सार्की परिवारको घरमा आगलागी भएको थियो। घरभित्रै बसेर उपकरणमा पेट्रोल हालिरहेकाबेला नजिकै केटाकेटीले सुर्ती सेवन गर्दा आगो उठेको स्थानीयले बताएका छन्। आगलागीमा सार्कीको सुन, चाँदी, नगद लगायत जल्दा १२ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए।

प्रकाशित: ९ फाल्गुन २०७४ ०९:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App