८ वैशाख २०८१ शनिबार
कला

जब लाग्यो माण्डवीको मात...

दाङ – साँझ झमक्कै पर्नै आँटिसकेको थियो। दर्जन बढी कलाकारहरुको प्रस्तुती हेरी भ्याएका दर्शकहरुमा माण्डवी त्रिपाठीको प्रस्तुती हेर्ने हतारो देखिन्नथ्यो । झमक्कै साँझ पर्दा पनि दर्शक उनी कतिखेर स्टेजमा आउँछिन् भनेर कुरी बसेका थिए। जब स्टेजमा माण्डवीलाई उद्घोषकले बोलाय, दर्शकदिर्घाबाट एकाएक क्राउड गुञ्जियो। अझ जब माण्डवीको बारुले स्टेजमा ‘कम्मर लच्कियो’, दर्शकहरुलाई ‘मात चढ्यो’। 

घोराही महोत्सवको सातौँ दिन उनै गायिका माण्डवीको प्रस्तुतीमा दर्शकहरु निकै झुमे। ‘ढल्क्यो ढल्क्यो’बोलको गीत गाउँदै स्टेजमा उक्लिएकी माण्डवीलाई दर्शकहरुले नाचेर साथ दिएका थिए। दर्शकहरुको क्राउडलाई क्यास गर्दै माण्डवी जोबन ढलक्काउँदै ‘बारुले कम्मर’ लच्काउन पछि परिनन्। ‘मेरो बारुले कम्मर लचक्कै’ बोलको गीतसँगै उनको हाउभाउले दर्शकहरुलाई झनै ततायो। एकपछि अर्को प्रस्तुती दिँदै उनले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेकी थिइन्। 

‘मात लाग्यो मात लाग्यो’ बोलको गीत गाइसक्दा उनलाई दर्शकहरुले ‘वान्स मोर’ भन्दै पुनः गाउँन आग्रह गरेका थिए। दर्शक दिर्घाबाट ‘सिम्पल सिम्पल कान्छी’ बोलको गीतको पनि निकै अफर आयो। उक्त गीतमा पनि माण्डवीले दर्शको निकै साथ पाइन्। 

माण्डवी संगै अर्का चर्चित गायक मिलन लामा पनि वुधवार महोत्सवको अर्को आकर्षणको रुपमा रहेका थिए। विभिन्न चर्चित गीत गाउँदै लामाले पनि दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए। यस्तै दंगाली गायीका भुमिका गिरीले पनि दर्शकरुलाई नचाएकी थिइन्। दंगाली खड्ग शर्माको टप्पा र झ्याउरे भाकामा पनि दर्शकहरु झुमेका थिए। 

प्रकाशित: ९ फाल्गुन २०७४ १५:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App