१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

जेठमा उड्छ ‘चंगा’ !

काठमाडौं– पोष्ट प्रोडक्सनमा रहेको फिल्म ‘चंगा’ अर्को वर्षको जेठ २५ गते रिलिज हुने भएको छ । निर्माता तथा निर्देशक किशोर भण्डारी ‘डिट्ठा साब’ले मोफसलको फिल्म वितरक कम्पनी एफडीसँग सम्झौता गर्दै फिल्म रिलिजको मिति सार्वजनिक गरेका हुन्।

फिल्मको तर्फबाट निर्देशक भण्डारी र एफडीबाट अध्यक्ष नरेन्द्र महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । फिल्मलाई उपत्यकामा करण श्रेष्ठको रिच इन्टरटेन्मेन्टले गर्नेछ।

निर्देशक भण्डारीले फिल्ममा पैसाको समस्या भएपछि एक ग्रामीण युवकको जीवनमा आउने उतार चढावलाई प्रस्तुत गरिएको बताए । फिल्ममा बुद्धि तामाङ, कमलमणि नेपाल, राजन खतिवडा, रेश्मा तिमल्सिना ‘बुनु मैचा’, अंकित खड्का, लक्ष्मी बर्देवा, प्रेमवर्षा खड्का र  बाल कलाकार लकी भण्डारीको अभिनय छ । कन्टिन्युयस मुभी मेकर्सको ब्यानरमा बनेको फिल्ममा रविन आचार्यको छायांकन, राजनराज सिवाकोटी र कमल खत्रीको संगीत छ । प्रकु पाण्डे कार्यकारी निर्माता रहेको फिल्ममा रेश्माकै लगानी छ।
 

प्रकाशित: १० फाल्गुन २०७४ ०२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App