coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पार्टी अध्यक्षमा सरिफ अयोग्य

तस्विर : एजेन्सी

इस्लामावाद – पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको हैसियत दिइराख्न नमिल्ने भन्दै पाकिस्तानको सर्वाेच्च अदालतले फैसला गरेको छ।

पाकिस्तानको सत्तारूढ दल मुस्लिम लिग –नवाजको अध्यक्षतामा रहेकोले उनको निर्णय आगामी दिनमा अमान्य हुने भन्दै प्रधानन्याधीस मेन साक्विब निसारको इजलासले फैसला गरेको हो।अपराधीका रूपमा जेल सजायमा रहेका व्यक्तिले कुनै पनि आधिकारीक दस्तावेजमा हस्ताक्षर गर्न नमिल्ने निर्णय पाकिस्तानको सर्वाेच्च अदालतले गरेको छ।

पनामा लिक्स प्रकरणमा दोषी ठहर भएका उनी हाल जेलमा रहेका छन् ।दोषी ठहर भए लगतै प्रधानमन्त्रीमा समेत अयोग्य ठहर भएश्चात् उनले प्रधानमन्त्री पद त्याग गर्नु परेको थियो । प्रधानमन्त्रीका लागि अयोग्य भए पश्चात् पनि उनी पार्टी अध्यक्षको हैसियतमा रही आएका थिए।

 

प्रकाशित: १० फाल्गुन २०७४ ०५:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App