८ वैशाख २०८१ शनिबार
समाज

विद्युतका कर्मचारी आमरण अनसनमा

रौतहट – नेपाल विद्युत प्राधिकरण गौर वितरण केन्द्रका अवकास प्राप्त कर्मचारीले आमरण अनसन थालेका छन्। दैनिक ज्यालादारीमा कार्यरत विभिन्न पदमा कार्यरत १९ जना कर्मचारीलाई एकै पटक सेवा मुक्त गरेपछि पुनर्वहालीको माग गर्दै उनीहरु कार्यालय परिसरमै आमरण अनसनमा बसेका हुन्।

विगत बर्षदेखि नियमित रुपमा कामकाज गर्दै आएपनि नियतबस आफुहरुलाई हटाएकाले अनसन बस्नुपरेको अनसनरत दिपेन्द्र श्रीवास्तवले बताएका छन्। कार्यालय प्रमुखले आफ्ना नजिकका मान्छेलाई सेवाबाट नहटाएको तर आफुहरुलाई मात्र हटाएको उनको आरोप छ।

सेवामुक्त गरिएका कर्मचारीलाई पुनर्वहाली नगरेसम्म अनसन जारी राख्ने अर्का कर्मचारी नागेन्द्र यादवले बताए। यादवले आफुहरुको मागबारे प्रधानमन्त्रीको कार्यालय, श्रम मन्त्रालय, प्राधिकरणको केन्द्रीय कार्यालय लगायतका निकायमा समेत जानकारी गराइसकेकाले अनसनबाट हुने जनधनको क्षतीको जिम्मेवार विद्युत प्राधिकरण हुने बताएका छन्।

नेपाल विद्युत प्राधिकरण गौर वितरण केन्द्रका प्रमुख उमेश यादवले २०७४ साल बैशाख महिनामा अनाधिकृत रुपमा ज्यालादारीमा काम गरिरहेका कर्मचारीलाई तत्काल हटाउन केन्द्रीय कार्यालयको निर्देशन आएकाले उक्त निर्देशनको आफुले पालना मात्र गरेको बताएका छन्। पदबहालीको लागि कर्मचारीले गरिरहेको आन्दोलनको कुनै औचित्य नरहेको उनले बताए।

प्रकाशित: १० फाल्गुन २०७४ १३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App