coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

ऋतिकका लागि १० करोडमा मुम्बईमै बनाइयो ‘बिहार’

काठमाडौं – ऋतिक रोशन चाँडै फिल्म ‘सुपर ३०’ मा आनन्द कुमारको भुमिकामा देखिने भएका छन्। उक्त फिल्मको शुटिङ सुरु भइसकेको छ। फिल्म मुम्बई र पटनामा सुटिङ हुने निर्माण युनिटले जनाएको छ। 

अहिले पहिलो चरणमा उत्तर प्रदेशको वाराणसीमा शुटिङ भइरहेको छ। वाराणसीमा छिट्टै सकेर सुटिङ टोली मुम्बई जाने बताइएको छ। 

निर्माण युनिटका अनुसार जाडो सकिन लागेकाले उत्तर प्रदेशमा गर्मी मौसम सुरु भइरहेको छ। गर्मीमा ऋतिक पटनामा रहेर सुटिङमा सहभागी हुन नसक्ने भएपछि उनको सुविधाका लागि मुम्बईमै १० करोडको लागतमा विहार बनाइने चलचित्र युनिटले जनाएको छ। यसको मतलब के हो भने मुम्बईमै ‘आनंद कुमार’ का लागि १० करोडमा अर्को बिहार बनाइने छ।

उक्त फिल्मको ऋतिकले साइकलमा पापड बेचिरहेको तस्बिर हालसालै इन्टरनेटमा निकै भाइरल भएको छ। फिल्ममा उनले चर्चित गणितिज्ञ आनन्द कुमारको भूमिका निभाएका छन्। 

प्रकाशित: १० फाल्गुन २०७४ १५:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App