coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

सानिमा बैंकद्वारा क्रिकेटर लामिछानेलाई प्रायोजन

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछानेलाई सानिमा बैंकले दुई वर्षका लागि थप प्रायोजन गरेको छ। 

बैंकद्वारा विहीबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भुवन दाहाल र खेलाडी लामिछानेले दुई वर्षका लागि थप प्रायोजन गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरे। 

सम्झौताअनुसार लामिछानेले अब मासिक रु ४० हजार पाउनेछन्। बैंकले यसअघि उनलाई मासिक रु २० हजार दिँदै आएको थियो। हालै इन्डियन प्रिमियर लिग आइपिएलमा छनोट भएका त्रिकेटर लामिछानेको यो सम्झौता आगामी अप्रिलदेखि लागू हुनेछ। 

सिइओ दाहालले त्रिकेटर लामिछाने क्रिकेटमा हुनाहार खेलाडी भएकाले प्रोत्साहन स्वरुप उनलाई प्रायोजन गरिएको बताए। त्यस्तै क्रिकेटर लामिछानेले सम्झौताले क्रिकेट खेलमा अझै राम्रो प्रदर्शन गर्न हौसला थपिएको बताए। 

कार्यक्रममा सानिमा बैंकका ब्राण्ड एम्बेस्डरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले खेलाडी लामिछाने र राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई सम्मान गरे। 

प्रकाशित: १० फाल्गुन २०७४ १५:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App