काठमाडौं– प्रथम क्विक्स पुरुष बास्केटबल प्रतियोगिताअन्तर्गत पहिलो लेगमा हिमालयन हन्ड्सको कोर्टमा विजयी सुरुआत गरेको विशाल मिलन केन्द्र घरेलु कोर्टमा हिमालयन हन्ड्ससँग पराजित भएको छ ।बिहीबारको खेलमा आयोजक विशाल मिलन केन्द्र हिमालयन हन्ड्ससँग ६८–५७ को स्कोरले पराजित भएको हो।
पहिलो क्वार्टरमा २१–१३ स्कोरले पछि परेपछि दोस्रो क्वार्टरमा सुधारिएको खेल पस्केको मिलन केन्द्रले १७–१३ को स्कोर गर्दै खेलमा पुनरागमन गर्यो । १३–१२ स्कोरको निकै रोमाञ्चक तेस्रो क्वार्टर पाहुना टोली हिमालयन हन्ड्सले जित्दा अन्तिम क्वाटर मिलन केन्द्रले २१–१५ आफ्नो बनायो । समग्रमा ६८–५७ स्कोर दर्ता गरेपछि मिलन केन्द्रले जित खोस्न सफल भएको हो।
यस जितपछि हिमालयन हन्ड्सले ३ खेलबाट ३ अंक प्राप्त गरेको छ । हन्ड्सले ३ मध्ये १ मा जित र २ मा पराजय बेहोरेकोे छ । पराजित विशाल मिलन केन्द्रको पनि समान ३ खेलबाट ३ अंक छ । केन्द्र पनि २ मा पराजित हुँदा १ खेलमा विजयी हुँदै तालिकामा ३ अंक बटुल्न सफल भएको छ।
बिहीबारै भएको अर्को खेलमा गोल्डेनगेट इन्टरनेसनल कलेजले जेभियर इन्टरनेसनल कलेजलाई ७१–५६ को स्कोरले पराजित ग¥यो । जेभियरको कोर्टमा जेभियरले पहिलो क्वार्टरमा १७–१२ ले जित हात पर्दा दोस्रो क्वार्टरमा गोल्डेनगेटले २४–२३ को रोमाञ्चक पुनरागमन गर्यो । तेस्रो क्वार्टरमा १३–११ को जित दर्ता गर्दा चौथो क्वार्टर २२–५ को फराकिलो अन्तरले गोल्डेनगेटले आफ्नो बनायो । अन्तिम क्वार्टरको फराकिलो जितपछि समग्रमा ७१–५६ ले गोल्डेनगेट विजयी भयो । गोल्डेनगेटको जितका लागि राजीव जोशीले सर्वाधिक ३३ स्कोर गरे।विजयी गोल्डेनगेटले २ खेलबाट तालिकामा ३ अंक जोड्न सफल भयो भने पराजित जेभियर पहिलो खेलमा नै स्तब्ध बन्यो ।प्रतियोगितामा शुक्रबार कीर्तिपुर बास्केटबल टिम र जेभियर इन्टरनेसनल कलेजबीच कीर्तिपुर कोर्टमा खेल हुनेछ ।
प्रकाशित: ११ फाल्गुन २०७४ ०२:३६ शुक्रबार