७ वैशाख २०८१ शुक्रबार
खेल

सेमिफाइनल समीकरण पूरा

काठमाडौं – प्रधान सेनापति तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा बिहीबार सेमिफाइनल समीकरण पूरा भएको छ ।  समूह ‘ए’ बाट त्रिभुवन आर्मी क्लब र एपिएफ क्रमशः विजेता र उपविजता बन्दै अन्तिम चारमा प्रवेश गरेका हुन् । यस्तै, समूह ‘बी’ बाट पश्चिमाञ्चल  र नेपाल पुलिस क्लब क्रमशः विजेता र उपविजेता बने।

प्रतियोगिता अन्तर्गत बिहीबार अन्तिम चारमा स्थान बनाउन विभागीय टोली एपिएफले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई ३–० को सोझो सेटमा हरायो । पहिलो सेट २५–१३ ले जितेको एपिएफले दोस्रो सेट २५–१४ र अन्तिम सेट २५–७ ले हात पारेको थियो।

यस्तै बिहीबारै पश्चिमाञ्चल विकास क्षेत्रले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पाखा लगाउँदै सेमिफाइनल यात्रा तय ग¥यो । समूहविजेता बन्न पश्चिमाञ्चलले नेपाल पुलिससँग पाँच सेट खेल्नुप¥यो । पहिलो र दोस्रो सेटमा २५–२२ र २५–२० को जित निकालेको पश्चिमाञ्चलले तेस्रो सेट २५–२० ले गुमायो । चौथो सेटमा २९–२७ को रोमाञ्चक जित निकालेको पुलिसले अन्तिम सेट ११–१५ ले पश्चिमाञ्चललाई सुम्पियो । समूह ‘बी’ बाट पश्चिमाञ्चल विजेता र उपविजेताका रूपमा नेपाल पुलिसले अन्तिम चारमा स्थान पक्का गरे।

यस्तै, बिहीबार भएका अन्य खेलमा पूर्वाञ्चलले मध्यमाञ्चललाई ३–१ को सेटमा पराजित गर्यो । उता विभागीय टोली आर्मीले लिगको अन्तिम खेलमा सुदूरपश्चिमाञ्चललाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘ए’ को विजेताका रूपमा अन्तिम चारमा प्रवेश पायो ।प्रतियोगितामा शुक्रबार सेमिफाइनलका खेल हुँदै छन् । पहिलो खेल त्रिभुवन आर्मी  र नेपाल पुलिसबीच हुँदा दोस्रो खेल पश्चिमाञ्चल र  एपिएफबीच हुनेछ।

प्रकाशित: ११ फाल्गुन २०७४ ०३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App