काठमाडौं– अभिनेत्री पुर्णिमा लामाले निर्माण गरेको फिल्म ‘हिरोज’ आगामी चैत २३ गते रिलिज हुने भएको छ । एनबी महर्जनको निर्देशन रहेको फिल्मले बेरोजगारीको पीडा, महिला हिंसा, राजनैतिक विकृति, अन्याय विरुद्धको आवाज र प्रेमकथा प्रस्तुत गरेको छ । फिल्ममा करिश्मा मानन्धर, जयकिसन बस्नेत, पुर्णिमा लामा, मुकेश ढकाल, संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारले अभिनय गरेका छन्।
जयलक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित फिल्मको प्रस्तुतकर्ता लक्ष्मी लामा छिन् भने निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा छन् । शिव ढकाल र रामशरण उप्रेतीले खिचेको फिल्ममा कमल राई, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र शंकर महर्जनको द्वन्द्व छ । फिल्मको वितरण श्रीराम बालाजी फिल्म्स्का सुनील मानन्धरले गर्दैछन् ।
प्रकाशित: ११ फाल्गुन २०७४ ०३:४० शुक्रबार