coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

आर्थिक सर्वेक्षण अगामी वैशाख १ देखि शुरु हुने

काठमाडौं – राष्ट्रिय आर्थिक सर्वेक्षण अगामी वैशाख १ गतेदेखि शुरु हुने भएको छ। केन्द्रीय तथ्याङ्क विभागले सञ्चालन गर्ने सो सर्वेक्षणको मुख्य ध्येय केन्द्र, प्रदेश तथा स्थानीय तहको विकास योजना तर्जुमा तथा नीति तयार गर्न आवश्यक पर्ने तथ्याङ्क संकलन गर्नुरहेको छ। यसका लागि विभागले ७७ जिल्लामा आर्थिक गणना कार्यालय स्थापना गर्ने जनाएको छ।

यसैबीच गुणस्तरीय आर्थिक तथ्याङ्क उत्पादनका लागि मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजदेखि यहाँ शुरु गरिएको छ। एकहप्ते सो प्रशिक्षणमा आर्थिक गणनाका प्राविधिक तथा प्रशासनिक पक्षका बारेमा जानकारी गराउने कार्यक्रम रहेको विभागले जनाएको छ।

आर्थिक गणनामा नेपालमा अवस्थित व्यावसायिक आर्थिक एकाइको ठेगाना, मुख्य क्रियाकलाप, रोजगारी, पूँजी लगानी, ऋण पहुँचलगायतका विवरण संकलन गरिने विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए।

उनका अनुसार गणना कागजी फारामका साथै अनलाइनका माध्यमबाट उत्तरदाताले आफ्नो व्यवसायको विवरण आफैँ भर्न सक्ने छन्।  (रासस)

प्रकाशित: ११ फाल्गुन २०७४ ०८:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App