१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

किराँतीले भने : ‘दाहाल एण्ड कम्पनी’ लाई धन्यवाद

काठमाडौं- पार्टी एकताको विरोधमा रहेको भन्दै माओवादी केन्द्रले गोपाल किराँतीलाई कारबाही गरेको छ। आफुमाथी गरेको कारबाहीको उनले कडा शब्दमा प्रतिक्रिया दिएका छन्।

माओवादी केन्द्र पुनर्गठन समितको संयोजकको रुपमा उनले एक विज्ञप्ती जारी गर्दै ‘दक्षिणन्थी काण्डको भण्डाफोर गर्दै नेकपा (माओवादी केन्द्र) पुनर्गगठनको आव्हान’ गरिएको क्रान्तिकारी निर्णयलाई अभियोग ठानेर पुष्पकमल दाहाल एण्ड कम्पनिले हामीलाई ‘कथित कार्वाही’ गरेकोमा त्यस कम्पनिलाई धन्यवाद नै दिनुपर्छ’, उनले भनेका छन्। यो कारबाही माओवादको विज्ञान र पहिचान मुद्दामाथिको कारबाही भएको उनले बताएका छन्। माओवादी केन्द्र पुनर्गगठन गर्नुपर्ने कारणबारे एक पटक पनि सुनुवाईको मौका नदिइकन कारबाही गर्नु विनाशको वर्खिलाप समेत हो भएको उनको टिप्पणी छ।

एमालेकरण भइसकेको ‘दाहाल एण्ड कम्पनि’ माओवादी केन्द्रमा नरहेको भन्दै उनले प्रतिक्रान्तिकारी हर्कत विरुद्ध विरोधको झण्ड उठाउन पार्टी, वाईसीएल, जबस र मोर्चा संगठनका सदस्यहरुलाई आव्हान गरेका छन्। बिहीबार बसेको माओवादी बैठकले एकता विरोधी क्रियाकलाप गरेको भन्दै किराँती, विश्वभक्त दुलाल र लोकेन्द्र विष्ट पार्टीबाट निस्कासन गरेको थियो।

 

प्रकाशित: ११ फाल्गुन २०७४ ०९:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App