८ वैशाख २०८१ शनिबार
कला

नक्कली बाबुरामको रोमान्स

चर्चित हास्यशृंखला ‘मेरी बास्सै’मा नक्कली बाबुराम भट्टराई बनेर दर्शकमाझ चिनिएका कलाकार ज्योति काफ्ले हिरो बनेका छन् । रंगपत्रकार लक्ष्मण सुवेदीले निर्देशन गरेको फिल्म ‘लालजोडी’का हिरो ज्योतिले अभिनेत्री रजनी केसी र आयुष्मा कार्कीसँग रोमान्स गरेका छन् ।

फिल्ममा उनी नक्कली बाबुरामको चरित्रमा पनि देखिने बुझिएको छ । यस कमेडी फिल्म थुप्रै हास्य कलाकारले अभिनय गरेका छन् । फिल्ममा अभिनेता बुद्धि तामाङ ‘हैट’, किशोर भण्डारी ‘डिट्ठा सा’ब’, रेश्मा तिमल्सिना ‘बुनु मैचा’ आदि कलाकारले अभिनय गरेका छन् । भदौ १७ गतेबाट ‘लालजोडी’ देशव्यापी प्रदर्शनमा आउँदै छ ।

प्रकाशित: १ भाद्र २०७३ ०६:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App