८ वैशाख २०८१ शनिबार
समाज

रोल्पामा भेटियो डेढ फिट लामो पाइप बम

रोल्पा – रोल्पाको सुनछहरी गाउँपालिका वडा नं. ४ स्युरीमा डेढ फिट लामो पाइप बम भेटिएको छ।

बिहीबार स्थानियहरुले जंगलमा रहेको ढुङ्गे ओढारमा बम देखेपछि प्रहरीलाई खबर गरेका थिए। रोल्पा सदरमुकामस्थित खड्ग दल गणबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले शुक्रबार दिउँसो बम डिस्पोज गरेको हो। 

बम द्वन्द्वका समयमा लुकाएर राखिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। रोल्पामा पटक पटक बम तथा बिष्फोटक पदार्थहरु भेटिने गर्छन्। बिगत सशस्त्र द्वन्द्वका समयमा लुकाईएका र छोडिएका उक्त बमका कारण कुनै दिन ठुलो दुर्घटनाको सम्भाबना पनि रहेको देखिन्छ।

प्रकाशित: ११ फाल्गुन २०७४ ११:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App