coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सिंहदरबारको भ्रष्टाचार गाउँगाउँमा पुगिरहेको छ : डा. भट्टराई

लुम्बिनी- नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले सिंहदरबारको अधिकारभन्दा भ्रष्टाचार गाउँगाउँमा पुगिरहेको बताएका छन्।

पार्टीको संघीय परिषदको चौथो बिस्तारित बैठकको तेस्रो दिन शुक्रबार समूह छलफलपछि उठेका जिज्ञासाहरुको शुक्रबार जवाफ दिँदै संयोजक डा.भट्टराईले उक्त कुरा बताए। 'हामीले संघर्ष गरेर ल्याएको संघीयताको कार्यान्वयनबाट सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुग्नुपर्ने हो,' उनले भने, 'तर अधिकारभन्दा सिंहदरबारको भ्रष्टाचार गाउँगाउँसम्म पुगिरहेको छ।'
पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले नयाँ शक्तिले स्थानीय तहबाट हुने भ्रष्टाचार रोक्न छायाँ सरकार चलाउने बताए। उनले समृद्धिको नारा नयाँ शक्तिको भए पनि यसको कार्यान्वयन गर्न सरकारमा पुग्नुपर्ने भएकोले तत्कालको लागि प्रचारात्मकरुपले अभियान लैजानै बताए। 'समृद्धि हाम्रो नारा हो तर, हाम्रै नेतृत्वमा कार्यान्वयनको अवस्था अहिले रहेन,' उनले भने, 'हामी स्थानीय तहमा हुने भ्रष्टाचार रोक्न छायाँ सरकार चलाउने अवधारणामा जान्छौं, र समृद्धिको पक्षमा माहोल बनाउन लागिपर्छौं।'उनले नयाँ शक्तिले जितेको ठाउँमा छुट्टै विभाग बनाएर मोडेल काम गर्ने कार्ययोजना ल्याउने बताए।
फागुन ९ बाट लुम्बिनीमा सुरु भएको नयाँ शक्तिको संघीय परिषद्को चौथो विस्तारित बैठक शनिबार सम्पन्न हुनेछ। बैठकले १५ जनाको विज्ञ परिषद, ३५ जनाको संरक्षक समिति र १०१ जनाको कार्यकारी समिति बनाउने निर्णय गरेको छ । बैठक समापनपछि लुम्बिनीमा बुद्धको जन्मस्थलमा गएर लुम्बिनी संकल्प गर्ने र बुटवलमा पत्रकार सम्मेलन गरेर बैठकको समापन गर्ने कार्यक्रम रहेको छ।

 

प्रकाशित: ११ फाल्गुन २०७४ १३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App