६ वैशाख २०८१ बिहीबार
प्रवास

राष्ट्रसंघीय युवा सम्मेलनको अध्यक्षमा नेपाली चेली

पाटन घर भएकी जाेली अमात्य

विजय थापा, वाशिंगटन डिसी

नेपाल पाटन घर भएकी र हाल अमेरिकाको न्युयोर्कमा बस्दै आएकी युवा नेपाली चेली जोली अमात्यलाई सयुक्तराष्ट्र संघीय युवा सम्मेलनको लागि युवा अध्यक्ष पदमा नियुक्ति गरिएको छ। जोलीले उक्त पदमा रहेर ९७ राष्ट्रका १ हजार भन्दा बढी सहभागीलाई नेतृत्व गर्दैछिन्।

'नेतृत्व गर्ने अवसर मेरा लागि महत्वपूर्ण हो। म यो जम्मेवारी पाउँदा म खुशी छु', उनले नागरिकन्युजसँग भनिन्।

जोली राष्ट्रसंघको इतिहासमै उक्त पदमा नियुक्त हुने सबै भन्दा कनिष्ठ तथा पहिलो नेपाली हुन्। पिता जगदीशमान अमात्य तथा माता कृष्ण अमात्यकी जेष्ठ सुपुत्री जोली नेपाल र नेपालीको नाम राख्न कुनै कसर नछोड्ने उल्लेख गरिन्। 

'युवा सम्मेलन सयुक्त राष्ट्रसंघको सबैभन्दा ठूलो तथा लामो युवा सम्मेलन हो। यो एक अद्वितीय मञ्चले संवादलाई प्रोत्साहन गर्छ', उनले सुनाइन्।

जोलीले संचालन गरेको सम्मेलनमा ४ जना नेपाली प्रतिनिधि पनि छन्। 'यो संख्या बढ्न सक्थ्यो। त्यसका लागि हामीले पहिलैदेखि काम गर्न जरूरी छ। आगामी कार्यक्रममा नेपालको प्रतिनिधित्व बढ्नु पर्छ', उनले भनिन्।

अगस्त १० देखि १२ सम्म संयुक्त राष्ट्र संघको प्रधान कार्यालय न्युयोर्क भएको सम्मेलनको अध्यक्षता उनले गरेकी थिइन्। सम्मेलनको मुख्य उद्देश्य दिगो विकास लागि संयुक्त राष्ट्रको २०३० कार्यसूचिको कार्यान्वयनमा युवा नेता र युवा व्यवसायीलाई सशक्तिकरण गर्नु रहेकाे थियाे।

'यो ठूलो जिम्मेवारी मेरा लागि धेरै कुरा सिक्ने र अघि बढ्ने अवसर पनि हो', नागरिकन्युजसँग उनले भनिन्, 'यो जिम्मेवारी पूरा गर्न म कुनै कसर बाँकी राख्ने छैन।'

युवा सम्मेलनमा २०१२ देखि नेपालको प्रतिनिधित्व गर्दै अएकी उनले छोटो समयमा ठूलो जिम्मेवारी पाएको उल्लेख गरिन्। 'सन् २०१५ मा सह-अध्यक्ष भएकी थिएँ। मेहनत गरेको कारण यस पटक उक्त पदमा पुग्न सफल भएँ', उनले भनिन्।

जोलीसँग सात वर्षदेखि संयुक्त राष्ट्र संघअन्तर्गत युएन उमन, वर्ल्ड बैंक, हेबी टाट फर ह्युमानिटी, एक्सन एड जस्ता संस्थाहरूमा काम गरेको अनुभव छ।

नागरिकन्युजसँग कुरा गर्दै उनले नेपाली युवामा अद्भुत सम्भावना रहेको सुनाइन्। 'नेपाली युवामा ठूलो सम्भावना छ। उनीहरूलाइ सही निर्देशन, परमार्श तथा अवसरको अवश्कयता छ', उनले भनिन्।

जोलीले युएस नेसनल कमिटी फर वुमेनको कार्यकारी अर्थ समिति तथा व्हाइट हाउसको एएपी आइ युथ फोरम तथा एसियन अमेरिकन प्यासिफिक आई ल्यानडर्समा काम गर्ने मौका पाइसकेकी छन्।

उनलाई ग्लोबल कनेक्सन फर वुमेन फाउन्डेसन भन्ने संस्थाले गत बर्ष २०१५ मा योङ्ग ग्लोबल लिडर एचिभमेन्ट पदकबाट सम्मान गरेको थियो। 

गैरनाफामूलक सामाजिक संस्था कमिटि अफ द स्टाटस अफ वुमेनको युवा व्यवसायी समेत रहेकी उनले कमिटी अफ द स्टाटस अफ वुमेनका लागि नेपालबाट प्रतिनिधित्व समेत गरेकी छिन्। युएन प्रधान कार्यालयमा सन् २०१२ देखि २०१६ सम्म निरन्तर रुपमा प्रतिनिधित्व गर्न पाउने उनी एक्ली नेपाली युवा हुन्।

ललितपुरको सेन्ट मेरिज पढेकी उनले अमेरिकाको आएवा विश्वविद्यालयबाट बित्त तथा लेखा संकाय पश्च्यात बोस्टन स्थित हार्वर्डमा विश्व बिद्यालयबाट अन्डर ग्रजुएट अध्ययन गरेकी थिइन्।

'यो ठूलो जिम्मेवारी मेरा लागि धेरै कुरा सिक्ने र अघि बढ्ने अवसर पनि हो', नागरिकन्युजसँग उनले भनिन्, 'यो जिम्मेवारी पूरा गर्न म कुनै कसर बाँकी राख्ने छैन।'

प्रकाशित: १ भाद्र २०७३ ०७:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App