७ वैशाख २०८१ शुक्रबार
अन्य

भर्जिन गन्तव्य

पर्यावरणीय बिबिधताको आनन्द लिन उपयोगी छ पर्सा राष्ट्रिय निकुञ्ज । चुरे पहाडको फेदमा फैलेको चारकोशे झाडिको वनखण्ड विविधतायुक्त वन्यजन्तु र वनस्पतिले भरिपूर्ण छ। 

निकुन्जको विशेष आकर्षणमध्ये भाथा एक हो । भाथास्थित चुरे पहाडबाट एकातिर देखिने हरिया जंगलपछिको तराईको खुल्ला फाँट र अर्कोतिर हरिया डाँडा सृङखलाको मनमोहक दृश्यले लोभ्याउँछ । जीप चढेर त्यहाँ पुग्न सकिन्छ । 
निकुञ्ज प्रबेश गर्न नेपालीले ५० रुपैयाँ तिर्नु पर्छ भने हात्ती चढ्न पाँच सय रुपैयाँ । निकुञ्जमा बाहिरबाट आउने पर्यटकका लागि सुगम प्रवेश बिन्दु हो पूर्वपश्चिम राजमार्गको पथलैया अमलेखगञ्ज खण्डमा पर्ने आधा भार । आधाभारमा निकुञ्ज संरक्षणका लागि नेपाली सेनाको ब्यारेकसहित निकुञ्ज कार्यालय पनि छ । त्यहाँ निकुञ्जको गाइडलाइन र प्रवेश पूर्जी लगायत उपलब्ध हुन्छ । यहाँबाट जंगल बीच भएर हरियाली बाटोमा जीप सफारी गर्न सकिन्छ।

सफारीमा हरिण, निलगाई, जरायो, बँदेल, बाँदर र थरिथरिका चरा देखिन्छ । सतहमा बालुवा र ढुँगा मात्र हुने तथा नदेखिने गरी सतहभित्र पानी रहने भावर क्षेत्रका आधा दर्जन नदीका बगर पार गर्दा भिडमुक्त बेग्लै संसारमा पुगेको अनुभूति हुन्छ । चारभैया पेस्टबाट उतर लागेपछि ५ किलोमिटरमा छ रामभौरी भाथा। 

भाथाको हरियो डाँडाको अर्को आकर्षण हो–दुग्देश्वर महादेव र पार्वतीस्थान । धार्मिक दृष्टिले भाथाको डाँडामा रहेको दुग्देश्वरनाथ दर्शन हिन्दुको आस्था केन्द्र हो । पर्यावरणीय दृष्यावलोकनका लागि भने यो डाँडा उत्तम मानिन्छ। 

डाँडाको फेदमा पहिले भाथा गाउँ थियो । थारु बाहुल्य गाउँलाई दश वर्ष अघि त्यहाँबाट स्तानान्तरण गरी निकुञ्ज क्षेत्र बाहिर पु¥याइयो । भलुवाही खोला भाथाको पश्चिमी किनारमा बगेकै छ । खोला भन्दा पूर्वका ठूल–ठूला पोखरी जंगली जनावरका लागि पानी खाने थलो बनेका छन् । त्यहाँको फाँट घाँसे मैदानमा परिणत भएर चरन क्षेत्र बनेको छ। 

भाथादेखि उत्तरमा रहेको ३० बिगाहा क्षेत्रमा पनि हरियो मैदान छ जहाँ जनाबर देखिन्छ । घाँस चर्ने प्रजातिका हरिण, मृग, चितल, निलगाई, जरायो, बँदेल, गौरीगाई लगायत बन्यजन्तु बथानका बथान देखिन्छ। 

निकुञ्जमा बर्सेनी बाघको संख्या बढ्दै छ । सन् २०१६ को गणना अनुसार निकुञ्जमा २० वटा पाटे बाघ छन्। त्यस्तै ३ सय ३३ प्रजातिका चरा छन्। 

रैथाने प्रजातिका हात्ती संरक्षणका लागि ०४० सालमा ४ सय ९९ बर्ग किलोमिटर क्षेत्रको जंगललाई ‘पर्सा बन्यजन्तु आरक्ष’ घोषणा गरिएको थियो । ०७२ मा यसमा १ सय २८ बर्गकिलोमिटर क्षेत्र थपियो । र, सरकारले ०७४ बैशाख २५ मा आरक्षलाई निकुञ्जमा बदल्यो।

निकुञ्ज बाहिर सुवर्णपुरमा होमस्टे सुविधा छ । त्यहाँ थारु परिकार पाक्छ । यात्रामा थारु स्वाद लिन भुल्नु हुँदैन।  

प्रकाशित: १२ फाल्गुन २०७४ ०४:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App