८ वैशाख २०८१ शनिबार
विचार

अनुमान पत्रकारिताको भविष्य !

अनुमानकारिताको प्रतिनिधिमूलक स्केच । कार्टुन: रविन सायमी

क्रिस्टी वामपोल, सहप्राध्यापक, फ्रेन्च अफ प्रिन्सटन

(नेपालमा पनि अनुमान पत्रकारिता निकै फराकिलो बन्दै गएको छ । निकट विगत–आगतका अनुमानकारिताका उदाहरण हेर्ने हो भने प्रधानमन्त्री केपी ओलीको मन्त्रीमण्डलका सदस्य, गठन एवं विस्तारकै प्रसंगमा दर्जनौ हेडलाइन बनिसके । छिमेकी मुलुकसँगको उनको सम्बन्ध र नीति बारे पनि दर्जनौ कोलम भरिए । तर कुनै पनि अनुमान मेल खाएको अवस्था छैन । एमाले र माओवादी केन्द्रकै एकीकरण प्रसंगमा पनि फरक स्थिति छैन। यस्ता दर्जनौ उदाहरण छन् । तथ्यगत रिपोर्टिङ न्यून हुँदा मिडियाको विश्वसनियता कमजोर बन्दै गएको छ । त्यसैले द न्यूयोर्क टाइम्समा जनवरी २२ मा छापिएको वामपोलको What Is the Future of Speculative Journalism? शिर्षकको लेखको भावानुवाद यहाँ प्रस्तुत गरिएको छ । यसैगरी नेपालको सन्दर्भमा रहर पत्रकारिता पनि फस्टाइरहेको छ । नागरिक पश्चिमेलीमा केही समयअघि छापिएको आलेख पनि प्रस्तुत गरिएको छ । सं.।)  

हामीले वास्तवमै निकै प्रगति हासिल गरेका छौं । आगामी दिनमा के हुन्छ भनेर जान्ने उत्सुकता हामी सबैलाई हुन्छ, विशेष गरी ट्रम्पका सम्बन्धमा, त्यो उत्सुकता मेटाउन हामी अनुमान गर्छौं र त्यो अनुमानलाई मिलाउन तथ्यमा विश्वास गर्दछौ,  जुन पत्रकारितामा हुन्छ । रिपोर्टर तथा सम्पादकहरु कुन कुरामा कसरी के–के भयो भन्ने कुरामा रिपोर्टिङ गर्नुभन्दा पनि अनुमान लगाउनतर्फ केन्द्रीत हुन्छन्, यस्तो पत्रकारितालाई अनुमान पत्रकारिता भनिन्छ । 

विगतमा कुनै पत्रकारले आफूले गरेका रिपोर्टिङ गलत भयो, स्रोत भ्रष्ट भयो र तरिकाहरु मिलेन भने त्यसले सदाका लागि सत्य र विश्वसनियता गुमाउनु पथ्र्यो । तर अहिलेको अनुमान पत्रकारिताको युगमा यस्ता मान्यताहरु लोप भइसकेका छन् ।

पत्रकारिताको  सुरुवाती चरणदेखि नै अनुमान गर्ने प्रवृति अस्तीत्वमा रहिआएको छ। केही समयदेखि मलाई यसको प्रादुर्भावले निकै झड्का दिइरहेको छ । आम पाठकले पत्रकारितामा धेरै सत्यता र थोरै बनावटी समाचारको खोजी गरिरहेका हुन्छन्। अनुमान पत्रकारिताले एक अचम्मको सम्झौताको रुपमा काम गरीररहेको छ । किनभने यो न त पूर्ण रुपमा सत्य हुन्छ न पूर्ण असत्य नै । यसले सत्य तथा वास्वविकता के हो भन्ने सन्दर्भमा एक गम्भिर प्रश्न खडा गरेको छ।

अनलाइनका समाचाहरु अनुमानमा आधारित हुन्छन् र पछिल्लो समय पत्रपत्रिकामा प्रकाशित हुने समाचारहरु पनि यसको अभ्यासतर्फ अघि बढिरहेका देखिन्छन् । हालैका दिनहरुमा अनुमानका आधारमा तयार पारिएका समाचार शिर्षकका उदाहरणहरुः 

  • रिपब्लिकन २०१८ को संकल्पः अनुशासन, के यो दीर्घकालीन होला ? (द न्यूयोर्क टाइम्स)
  • ट्रम्प—म्यूलर बैठकः के रुसको अन्त्यहीन छानविन चाँडै सकिएला ? (फक्स समाचार)
  • स्टिभ ब्यानन् विना कसरी ब्रेइटबर्ट बदलिन्छन् वा बदलिदैनन्? (द वाशिङटन पोष्ट)
  • रुसको संलग्नताको छानविन २०१८ को ठूलो विषयः के ट्रम्पले यो विषय समाधान गर्लान ? (द गार्जियन)
  • २०२० को लागि राष्ट्रपतिको दौडमा को—को छन् ? (द वालस्ट्रीट जर्नल)

यी सबै शिर्षकहरु ती प्रकाशनहरुको समाचार पृष्ठमा प्रकाशित भएका थिए न की विचार पृष्ठमा, जहाँ केही हदसम्म अनुमान ग्राह्य हुन्छ ।

यी सबै अनुमानहरुले मेरो मस्तिष्कमा धेरै नयाँ प्रश्नहरु उब्जाएको छ: पाठकले कस्तो प्रतिक्रिया दिन्छन् भन्ने बुझ्नका लागि गरिएकोे क्लिकबेइट (इन्टरनेटका सामग्रीमा क्लीक गराउने होडबाजी) मात्र हो ? 

के वर्तमान समय र वस्तुस्थिति यति अस्थिर र असहनशील छ? के अब वास्तविकताको सम्भावना छैन? के अनुमानले हामीलाई यस्तै अकल्पनीय आनन्द प्रदान गर्दछ? के एक दक्ष पत्रकार बन्न ज्योतिषि नै हुनुपर्ने हो ? जसले कसरी भयो भन्दा पनि कसरी हुनेछ भन्ने कुरा भन्न सकोस् । यी सबै प्रश्नहरु अनुमानका आधारमा तयार पारिएका शीर्षकहरु हुन् । यस्ता अनुमान तथा भविष्यवाणीका प्रसंगहरु विचार पृष्ठमा राख्न सकिन्छ, जसमा केही पूर्वाअनुमान गरेर संकलन गरेका विषयहरु समावेश गरिएका हुन्छन्, तिनीहरुको काम के भयो भन्ने कुराको रिपोर्ट गर्ने हुँदैन ।

अमेरिकाको राष्ट्रपतीय निर्वाचनका समयमा पनि अधिकांश समाचारहरुले विभिन्न खाले पुर्वाअनुमानहरु गरेका थिए तर ट्रम्पको विजयले सबैलाई झस्काएको थियो । त्यस समयमा सञ्चारमाध्यमहरुले ट्रम्पलाई पराजितको बाटोेमा रहेको र हिलारी क्लिन्टनको विजय सुनिश्चित भएको रिपोर्टिङ गरेका थिए तर नतिजा उनीहरुले अनुमान गरेभन्दा फरक आयो ।

यी सबै कुराहरुलाई विश्लेषण गर्दा के थाहा पाउन सकिन्छ भने पत्रकारितामा वास्तविकता नबुझेर सूचना प्रवाह गर्ने अधैर्य बानीको तीव्र विकास भइरहेको छ।

पत्रकारिता क्षेत्रमा इन्टरनेटको प्रवेश हुनुपुर्व एक दिनको समयलाई नै प्राथमिक आधार मानिन्थ्यो । तर अहिले एक मिनेट त्यो भन्दा अझै उत्कृष्ट प्रत्येक सेकेण्डमा गरिएको प्रस्तुतिले नै संस्थाको व्यवसायिकताको छविलाई नै परिवर्तन गरिदिन्छ । कुनै घटना घट्नुलगत्तै वा घटना घट्नुभन्दा पहिलेको क्षणलाई  समाचारमा उर्तान खोज्दा त्यो समाचार थोरै सत्यता र धेरै काल्पनिक हुन जान्छ । यस्ता समाचार संकलनले भोलीवादको मुर्खताको पुष्टि गर्दछ । 

मिडियाले कुनै एक घटनाको निश्चित समय अन्तरमा पुनरावृति गरिरहन्छ भन्ने सिद्घान्त रिर्चड गु्रसीनले 'Premediation : Affect and Mediality After 9/11' पुस्तकमा उल्लेख गरेका छन् । कुनै यस्ता घटनाहरु हुन्छन् जसको प्रतिक्रियाले सबै असुरक्षित र मुलुक संकटमा पर्दछ, यस्ता असुरक्षा र दीर्घकालिन समाधानका आधार पहिल्यान मिडियाले मुख्य भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । यस्ता अनुमानहरुमा भविष्यमा घट्नसक्ने सम्भावित घटनाहरुका बारेमा जानकारी गराए त्यसबाट हुने क्षती न्यूनीकरणका लागि पुर्व तयारी गर्न सहज हुन्छ । आँधीबेहरी, भूकम्प, परमाणु युद्ध, शेयर बजारमा गिरावट, आतंकवादी हमला, महामारी, मुद्रामा गिरावट जस्ता समाचार शिर्षकहरुले मानिसलाई हुनसक्ने सम्भावित क्षतीबाट बच्न सघाउँछ । 

ग्रुसिन लेख्छन्, ‘प्रिमिडियसन’ ले कुनै भविष्यमा हुने घटनालाई सही दिशामा ल्याउन सक्दैन तर भविष्यमा हुने क्षती कम गर्ने विविध उपायहरुको बारेमा जानकारी गराउनुका साथै त्यसको त्रास र आगामी दिनमा त्यस्ता घटना हुन नदिन अपनाउनुपर्ने सावधानीका बारेमा अवगत गराउँछ । यस्तो समयमा मिडियाको तयारी र पूर्वाअनुमान अनिर्वाय हुन्छ । 

मेरो विचारमा ट्रम्प ट्रमा सन्दर्भमा पनि केही यस्तै प्रतिक्रियाहरु आइरहेका छन् । अमेरिकाको राष्ट्रपतीय निर्वाचनका समयमा पनि अधिकांश समाचारहरुले विभिन्न खाले पुर्वाअनुमानहरु गरेका थिए तर ट्रम्पको विजयले सबैलाई झस्काएको थियो । त्यस समयमा सञ्चारमाध्यमहरुले ट्रम्पलाई पराजितको बाटोेमा रहेको र हिलारी क्लिन्टनको विजय सुनिश्चित भएको रिपोर्टिङ गरेका थिए तर नतिजा उनीहरुले अनुमान गरेभन्दा फरक आयो । 

अनुमानका भरमा लेखिएका समाचारहरुमा पाठकले पढ्न समय लगानी गर्दैनन् र कुनै परिणामको आशा पनि गर्दैनन । उनीहरुले भविष्यवाणीभन्दा पनि एक नक्साको जस्तै काम गरिरहेका हुन्छन्, जसले आम पाठकलाई आगामी दिनमा हुने घटनाहरुको सूचकको रुपमा सेवा गरिरहेका छन् ।

अहिले अनुमानकारिताले तेस्रो संभावित कारण तर्फ अग्रसर गराइरहेको छः जोखिम न्यूनीकरण । अनुमान पत्रकारिता लास भेगास र वाल स्ट्रिटका जुवाडेहरुले दाउ लगाए जस्तै हो जसमा अधिक जोखिम हुन्छ । त्यहाँ कसैको जित र कसैको पराजय निश्चित हुन्छ । यसमा कसैको अनुमान सही निस्कन्छ जसले हामीलाई फेरि अनुमानप्रति आश्वस्त पार्दछ । मिडियामा अत्यधिक मात्रामा आएका अनुमानमध्ये कुन अनुमान गलत भयो भन्ने केहीले ध्यान दिएका हुन्छन् । 

जसले गरेका अनुमान सही सावित भए उनीहरुले आफूलाई विजेता मान्ने गर्दछन् र फेरि अनुमान गर्न अग्रसर हुन्छन् । तर जसका अनुमान गलत भए उनीहरु भने शान्त रहन्छन् । यस्तो अनुमानबाट थोरै गुमाउँछन् तर धेरै लाभ हात पार्दछन् । 

यस्ता अनुमानका भरमा लेखिएका समाचारहरुमा पाठकले पढ्न समय लगानी गर्दैनन् र कुनै परिणामको आशा पनि गर्दैनन् ।

विगतमा कुनै पत्रकारले आफूले गरेका रिपोर्टिङ गलत भयो, स्रोत भ्रष्ट भयो र तरिकाहरु मिलेन भने त्यसले सदाका लागि सत्य र विश्वसनियता गुमाउनु पथ्र्यो । तर अहिलेको अनुमान पत्रकारिताको युगमा यस्ता मान्यताहरु लोप भइसकेका छन् । समाचारमा सत्यतथ्य समाचार संकलन गर्नुभन्दा पनि अनुमान गर्नुपर्ने कुराहरु आचारसंहितामा उल्लेख गरिएको छैन ।

पेसागत पत्रकार समाजले भनेको छ, पत्रकारले कुनै कुरा अनुमानका आधार लेख्नु भनेको हिंसा गर्नुभन्दा पनि ठुलो जोखिम हो । आचारसंहितामा अनुमानका विषयमा त्यस्तो कुनै कुरा उल्लेख गरेको छैन । 

निश्चितरुपमा यी सबै अनुमानहरुमा राष्ट्रपतिको ठुलो भूमिका रहेको छ । उनको अप्रत्यासित विजयले गर्दा नै मानिसहरुमा अबको नेतृत्वले आगामी दिनमा के गर्छ भन्ने अनुमान गर्न बाध्य बनाएको छ । ट्रम्पका यस्ता आश्चर्यजनक व्यवहारले पत्रकारलाई कसरी रिपोर्टिङ गर्ने भन्ने अन्यौल सिर्जना गरेको छ । यसैमाझ अनुमान पत्रकारिताले पत्रकारलाई समाचार लेख्न समाधान दिएको छ की ट्रम्पले के गरिरहेका छन् र आगामी दिनमा के गर्नेछन् ? ट्रम्पले विगतमा गरेका कामहरुबाट नै आगामी दिनमा उनले के गर्लान भन्ने अनुमान लगाउने गरेका छन् । 

यस्तो अभ्यासले अनुमान पत्रकारिताका केही लाभदायिक मुल्यहरु तय गरेको छ ।  यसले  आगामी दिनमा के गर्ने भन्ने परिदृश्य तथा सकारात्मक सम्भावनाका तथा सम्भावित परिणाम हासिल गर्न सहज गर्दछ । यस्ता अनुमानका भरमा लेखिएका समाचारहरुमा पाठकले पढ्न समय लगानी गर्दैनन् र कुनै परिणामको आशा पनि गर्दैनन । उनीहरुले भविष्यवाणीभन्दा पनि एक नक्साको जस्तै काम गरिरहेका हुन्छन्, जसले आम पाठकलाई आगामी दिनमा हुने घटनाहरुको सूचकको रुपमा सेवा गरिरहेका छन् । तर, अधिकांश अनुमानका आधारमा लेखिएका यस्ता समाचार सामग्रीहरुले यो ढाँचा अंगीकार गर्नुको साटो हाम्रो दिमागमा डर तथा आकांक्षा पैदा गरिदिन्छ ।

अब अर्कोपटक तपाई नेटवर्क समाचारहरु हेर्नुभयो वा पढ्नुभयो भने त्यसमा के—के भयो भन्ने विषयमा तयार पारिएका रिपोर्ट र के हुनसक्छ भन्ने विषयबीचको अनुपात ध्यान दिनुहोला । के त्यो अनुपातसँग सन्तुष्ट हुनुहुन्छ? यदि त्यसो हो भने होला र हुनसक्छ तथा सम्भव र सायद बीचको अनुपातबाट कस्तो सन्तुष्टी प्राप्त गर्नुहुन्छ?  के त्यो सन्तुष्टि कथा पढेजस्तै हुन्छ? यदि त्यसो भयो भने उपन्यासकारहरु वा भविष्यवक्ताहरु अनुमान गर्न र पत्रकारले सत्यतथ्य समाचार संकलन गर्न छोड्नुहुदैन । मेरो विचारमा यी दुई विधाहरुलाई फरक बनाउन आवश्यक छ । किनभने सत्यता, कल्पना, झुठ, षडयन्त्र र अनुमानले हामी कसरी राजनीतिक रुपमा परिवर्तन भइरहेका छौं भन्ने विषयको बहस र यस्ता विषयहरुलाई पहिचान गरेर कसरी अघि बढ्ने भन्ने अभ्यास एक सक्षम पत्रकारले जारी राख्नुपर्दछ । 

मलाई यस्ता कुराको अनुमान सजिलै लगाउन सक्छु की अधिकांश झुठा समाचारहरु र जालझेलको सिद्दान्तहरु कुनै एक व्यक्तिको अनुमानबाट सुरु भएका हुन र समयसँगै एकबाट अर्कोमा बोलीचालीमा रुपमा वा अनलाइन माध्यमबाट फैलन थाले र निरन्तर पुनरावृति र फैलावटले आधारभूत वैधता प्राप्त  गर्यो । के पत्रकारहरु नजानेर नै यस्तो काममा संलग्न भएका हुन? म परिकल्पनाहरु गर्नसक्छु तर त्यो विशुद्ध अनुमान हुनेछ । 

क्रिस्टी वामपोल, फ्रेन्च अफ प्रिन्सटनका सहप्राध्यापक हुन् । उनले ‘रुटेडनेस्ः द र्यामीफिकेसन अफ मेटाफोर’, द अदर सिरियसः यस्से फर ल न्यू अमेरिकन जेनेरेसन पुस्तक लेखेका छन् । उनको ‘डिजेन्रेटिभ रियालिजमः नोभेल यज नेसन इन ट्वान्टी फस्र्ट सेन्चुरी फ्रान्स’ नामक पुस्तक प्रकाशोन्मुख छ । 

प्रकाशित: १२ फाल्गुन २०७४ ०४:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App