८ वैशाख २०८१ शनिबार
समाज

मुख्यमन्त्रीको हातमा झाडु

सरसफाई अभियान अन्र्तगत मंगलगढी चोकमा झाडु लगाउँदै मुख्यमन्त्री शाही। तस्बिर : नगेन्द्र उपाध्याय/नागरिक

सुर्खेत – मुख्यमन्त्री महेन्द्रबहादुर शाही शनिबार विहानै हातमा झाडु समाएर वीरेन्द्रनगरको मुख्य चोक मंगलगढीमा देखिए। वीरेन्द्रनगर नगरपालिकाले एक महिनाअघिदेखि सुरु गरेको सरसफाई अभियानमा साथ दिन मुख्यमन्त्री मंगलगढी चोक पुगेका थिए। उनले झाडुको सहायतामा सडकको सफाई मात्रै गरेनन्, बेल्चाले नालीमा थुप्रिएको फोहर पनि निकाले।

‘प्रदेशको राजधानीलाई सफा र स्वच्छ राख्नु हामी सबैको दायित्व र कर्तव्य हो’ मुख्यमन्त्री शाहीले भने, ‘प्रदेश सरकारका तर्फबाट सरसफाई अभियानलाई पूर्णरुपमा साथ र सहयोग गछौं।’ अघिल्लो वर्षसम्म सुर्खेत उद्योग वाणिज्य संघको अगुवाईमा भएको सरसफाई अभियानको नेतृत्व हाल वीरेन्द्रनगर नगरपालिकाले गरिरहेको छ।

वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले प्रदेश राजधानीलाई स्वच्छ, सफा र हराभरा बनाउने उद्देश्यले हरेक शनिबार सरसफाई अभियान सञ्चालन गर्ने गरिएको बताए। ‘यो अभियानमा प्रदेश सरकार पनि जोडिएको छ’ उनले भने, ‘यसले हामीलाई हौसला प्रदान गरेको छ।’

 

 

 

सरसफाई अभियान अन्र्तगत मंगलगढी चोकमा झाडु लगाउँदै मुख्यमन्त्री शाही। तस्बिर : नगेन्द्र उपाध्याय/नागरिक
सरसफाई अभियान अन्र्तगत मंगलगढी चोकमा झाडु लगाउँदै मुख्यमन्त्री शाही। तस्बिर : नगेन्द्र उपाध्याय/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App