७ वैशाख २०८१ शुक्रबार
कला

तानसेनमा ‘वन्स मोर’

पाल्पा- तानसेनको टुँडिखेलमा शनिबार दर्शकको खचाखच उपस्थिति थियो । विदाको सदुपयोग गर्दै मेला अवलोकनका लागि भरिभराउ दर्शकहरुले गीतसंगितसँगै रमाए । पाल्पा महोत्सवको दशौं दिन अवलोकनकर्ताहरु पुष्कल शर्माको ‘सेन्टिमेन्टल’ गीतसँगै रोए। राधिका हमालका गीतहरुमा दर्शकको हुटिँङ्गले महोत्सव स्थल गडगडाहट भयो। महोत्सवमा दुई घण्टा बढी आफ्ना दर्जन बढी गीत प्रस्तुत गरेका शिव परियारसँगै नाच्ने अवसर पनि गुमाएनन्। तानसेनमा कलाकारलाई दर्शकले ‘वन्स मोर’ गरिरहे।

एल्बम मुटु जलाई जलाई भाग ३ को ‘नजिक भए मलामी आइदिनु’ बोलको गीत लोकप्रियतासँगै उनी आफैँ मरेको भीडीयो बनाएपछि अन्यौलमा रहेका दर्शक महोत्सव स्थलमा उनी स्टेजमा प्रवेश गर्दा आँशु झरेका थिए। उनले महोत्सवमा आफ्ना प्रस्तुतीमा भने सँगसँगै गाउने र नाच्ने गीत प्रस्तुत गरे । गायिका राधिका हमालले म त भवानी, ढलक ढलक ढल्क्यो जवानी बोलको गीत प्रस्तुत गरिन् । आधुनिक गायक शिव परियारले साँझ पाँच बजेदेखी सात बजेसम्म एक दर्जन बढी गीत प्रस्तुत गरे ।

पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा आईतबारसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुसँगै रमाएका थिए । गायन तर्फ हेमन्त शर्मा, खुमन अधिकारी, रामजी खाँड, पशुपति शर्मा, पुरुषोत्तम न्यौपाने, शिरिष देवकोटा, नविन पोड्याल, श्रीकृष्ण भण्डारी, बिमलराज क्षेत्री, पुरुषोत्तम गैरे, रामचन्द्र चन्द, प्रेम लामिछाने र हुम गैरेको प्रस्तुती भयो। यस्तै गायीकाहरु जमुना राना, प्रिया भण्डारी, सपना गाहा, शान्ती श्री परियार, प्रिती आले लगायतको प्रस्तुती रहेको साँस्कृतिक कार्यक्रम संयोजक शैलेन्द्र भट्टराईले बताए ।

महोत्सवमा शनिबारमात्रै ५० हजारबढी दर्शकले महोत्सव अवलोकन गरेको सचिवालयले जनाएको छ । झण्डै तीन करोडको कारोबार एकै दिन भएको छ, आर्थिक व्यवस्थापन समितिका संयोजक दीपकप्रसाद पाण्डेयले बताए। महोत्सवमा दशौं दिनसम्म दश करोड बढीको कारोबार भएको छ ।

१२ औं संस्करणको रुपमा आयोजित महोत्सवमा जिल्लामा उत्पादित न हुने वस्तु तथा सेवाको प्रदर्शनी, बिक्री, वितरणका साथै राष्ट्रिय, बहुराष्ट्रिय उत्पादनको समेत प्रदर्शनी गरिएको छ । महोत्सवमा ४ सय ६२ स्टलको सहभागिता रहेको छ । ५ नं. प्रदेश स्तरीय महोत्सवमा तत्कालै पेलिएको उखुबाट निकालीएको खुदो, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, विज्ञानसामाग्री प्रर्दशनी, स्थानिय तथा राष्ट्रिय कलाकारहरु लोक दाहोरी, आधुनिक, पप, रोईला, हास्य व्यङ्ग, स्थानिय खाना खाजाका परिकार साथै बाल उद्यान राखिएको छ।

प्रकाशित: १२ फाल्गुन २०७४ १४:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App