१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संघीय संसद् बैठकस्थल तयारी पूरा

काठमाडौं – संघीय संसद्को बैठकस्थलको तयारी लगभग पूरा भएको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकस्थल तय भएपछि दुई महिना अघिदेखि व्यवस्थापन कार्य सुरु गरिएको थियो । 
राष्ट्रियसभा ५९ सदस्यीय र प्रतिनिधिसभा २७५ सदस्यीय छ । दुवै सदनको संयुक्त बैठक प्रतिनिधिसभाको हलमा बस्ने भएकाले प्रतितिनिसभा र राष्ट्रियसभाका सदस्य संख्यालाई ध्यानमा राखी आवश्यक पर्ने कुर्सीको व्यवस्था गरिएको छ ।  
दुवै सभाको बैठकका लागि आवश्यक कुर्सी मिलाउने, माइक जडान गर्ने काम  सम्पन्न भएको छ। 

‘प्रतिनिधिसभातर्फ कार्पेट बिच्छाउने काम बाँकी छ भने राष्ट्रियसभातर्फ टेलिभिजन जडान गर्ने काम बाँकी रहेको छ,’ संसद् सचिवालयका एक अधिकारीले बताए । । ‘टेण्डरअनुसार टेलिजिन  जोड्ने काम बाँकी रहको छ । कार्पेट राख्ने काम आइतबार नै सम्पन्न हुनेछ,’ उनले भने । उनका अनुसार  टेलिभिजन जोड्ने काम अझै एक महिना लाग्ने संभावना छ  । राष्ट्रियसभा र प्रतिनिधिसभा दुवैको बैठकको प्रत्यक्ष प्रसारका लागि मिडिया सेन्टरमा दुईवटा टेलिभिजन राखिने भएकको छ।

प्रतिनिधिसभाको बैठक व्यवस्थापिका संसद् बैठक बस्ने हलमा बैठक बस्ने छ भने राष्ट्रियसभाको बैठक नुप्से हलमा बैठक बस्ने छ । प्रतिनिधिसभाको बैठक हलका पुराना कुर्सीमा रहेका सेता खोललाई हटाई हल्का नीलो रंगको खोल राखिएको छ भने राष्ट्रियसभाको बैठक बस्ने हलका कुर्सीमा रातो खोल राखिएको छ। 

प्रतिनिधिसभाको निर्वाचन सम्पन्नलगत्तै  संघीय संसद् सचिवालेले दुवै सदनको बैठक बस्न ठाउँको टुंगो लगाई टेण्डर आव्हान गरेको थियो ।  ।  सबै प्रयोजनका लागि संसद् सचिवालयले अर्थमन्त्रालयसँग ३ करोड मागेको छ। 
प्रतिनिधिसभाको र राष्ट्रियसभाको बैठक आगामी फागुन २१ गते बस्दैछ। 

प्रकाशित: १३ फाल्गुन २०७४ ०३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App