काठमाडौं– फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले चाडपर्वको अवसरमा कम्पनीका गाडी खरिदमा १ लाख ८० हजार रुपैयाँसम्मको छुट अफर ल्याएको छ।
ट्राक्स कार्गो किङको खरिदमा १ लाख ८० हजारसम्मको नगद छुट, ट्राक्स क्राउजरको खरिदमा निशुल्क हुट, ३२ इन्चको सोनी एलइडी टिभी र ४ रात ५ दिनको बैंकक यात्राको प्याकेज सार्वजनिक गरेको छ।
त्यस्तै ट्रम्प ४० को खरिदमा ३२ इन्चको सोनी एलइडी टिभी तथा २५ हजार नगद छुट दिएको कम्पनीले जनाएको छ ।
यता गामा र गोर्खाको खरिदमा ३२ इन्चको सोनी एलइडी टिभी, ४ रात ५ दिनको बैंकक यात्रा तथा ५० हजार नगद छुट रहेको कम्पनीले जनाएको छ। त्यस्तै बलवान ट्रयाक्टरको खरिदमा ३२ इन्चको सोनी एलइडी टिभी र ट्रली छुट रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: १ भाद्र २०७३ ०९:५१ बुधबार