७ वैशाख २०८१ शुक्रबार
कला

खानासँगै संगीतको स्वाद

काठमाडौं– पछिल्लो समयमा युवापुस्तामाझ रुचाइएका गायक रोहित जोन क्षेत्री शनिबार राजधानीमा युवापुस्तामाझ देखिँदा हुटिङ र ताली राम्रै पाए । उनी युवा दर्शकमाझ देखिएर आफ्ना चलेका गीत सुनाउँदा माहौललाई आफ्नो पक्षमा पार्न सफल बने । 

पछिल्लो पटक पप व्यान्ड ‘१९७४ एडी’सँग जोडिएपछि चर्चामा आएका रोहितलाई रिपब्लिका मिडियाले शनिबार आयोजना गरेको ‘दोस्रो रुस्लान म्युजिक फुड फेस्टिभल’ आफ्ना नयाँ र पुराना गीत सुनाउने माहौल बन्यो। 

उनले फेस्टिभलमा ‘विस्तारै विस्तारै’, ‘तिम्रा दुई आँखामा’, ‘पानी प¥यो सँगै अप्रकाशित गीत ‘किन किन’, ‘गुनासो’ र ‘ढुंगाले हाने पनि’ सुनाएका थिए । उनलाई बेस गिटारमा प्रतिक बानियाँ, तबेला र मादलमा सन्तोष घिमिरे, लिड गितारमा सुवास शिवा र ड्रममा मार्क डिनालडी रानीले साथ दिएका थिए। 

फेस्टिभलमै अर्को व्यान्ड अल्बाट्रसले ‘निश्चल’, ‘खसेका तारा’ र ‘फर्की फर्की’लगायतका गीत सुनाएको थियो । युट्युब स्टारका रुपमा चिनिएका ज्योभन भुजुले ‘निरा’, ‘ठमेल बजार’, ‘आगे आगे तोेपैको गोला’को कभर गीत र आफ्नै रचनाको ‘म खस्दैछु’ र ‘द प्रपोज’ सुनाए । त्यस्तै नितेशजंग कुँवरले ‘गेडै जस्तो जिन्दगी’, ‘आशमा’ गीत गाउँदा उनले ‘हाम्रो नेपाल’ र ‘सिन्धुली गडी’को कभरगीत पनि सुनाए । युवाबीच लोकप्रिय रहेका नितेशको गायकीमा पनि दर्शकले भरपुर साथ दिएका दिए । कार्यक्रममा बीबोइङ तथा अन्य मनोरञ्जनात्मक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो।

फेस्टिभलमा युवाहरू संगीतमा मात्र झुमेनन् । उनीहरूले फेस्टिभलमा राखिएका खानेकुरा स्टलको अवलोकन गर्दै विभिन्न परिकारको स्वाद लिए । स्टलमा नेवारी परिकार, मम, छोइला, आलु साँधेकोसहित पिज्जा, पोर्क चोप र ग्रिल चिकेनजस्ता आधुनिक परिवारको पनि दर्शकले स्वाद लिए । फेस्टिभलमा बालबालिकाका लागि लक्षित गर्दै खेल्ने ठाउँको पनि व्यवस्था गरिएको थियो।

दर्शकलाई नृत्यको माहौलमा झुमाउन ‘थ्री एपीएम’ र ‘हाम्रो क्रिउ’ जस्ता नृत्य समूहले मनोरञ्जन दिएको थियो । कार्यक्रमको सञ्चालन आभाष घिमिरे र निष्मा ढुंगानाले गरेका थिए। 

नेपाल रिपब्लिक मिडियाका रितिक शाहीले प्रत्येक वर्ष आयोजना हुँदै आएको फेस्टिभलले मनोरम वातावरणमा परिवारसँग रमाइलो गरी शनिबार बिताउने चाहनाका लागि राम्रो प्लेटफर्म दिएको बताए। 

प्रकाशित: १३ फाल्गुन २०७४ ०६:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App