८ वैशाख २०८१ शनिबार
अर्थ

गोर्खाजको सि–आस्बा सेवा

काठमाडौं – गोर्खाज फाइनान्सले धितोपत्र खरिद गर्न सि–आस्बा सेवा सञ्चालनमा ल्याएको छ । सार्वजनिक निष्कासनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा अनिवार्य रुपमा सि–आस्बामार्फत मात्र आवेदन दिन पाउने व्यवस्था रहेकाले फाइनान्सले यस्तो सेवा सुरु गरेको हो।

ग्राहकलाई सि–आस्बा रजिस्ट्रेसन नम्बर प्रदान गर्ने उदेश्यले सेवा सञ्चालन गरिएको फाइनान्सले जनाएको छ । ग्राहकले फाइनान्सको सम्पूर्ण शाखाबाट सि–आस्बा कस्टमर रजिस्ट्रेसन नम्बर लिई सि–आस्बा प्रणालीमार्फत धितोपत्र खरिद गर्न आवेदन दिन सक्नेछन्।
अनलाइन आवेदन दिन नसक्ने लगानीकर्ताको हकमा फाइनान्सको कुनै पनि शाखामा गई सि–आस्बा फारम भरी आवेदन बराबरको रकम फाइनान्सको खातामा रोक्का राखी यो प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।

फाइनान्सले देशको सातवटै प्रदेशबाट हाल २० वटा शाखा, सात एटिएममार्फत चीपयुक्त युनियन पे डेबिट कार्ड, मोबाइल बैंकिङ, इ–बैंकिङ, आस्बा, एबिबिएस, आइपिएस, रेमिटेन्स लगायत सम्पूर्ण आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

प्रकाशित: १३ फाल्गुन २०७४ ०६:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App