८ वैशाख २०८१ शनिबार
अर्थ

पाँच करोड लागतमा खानेपानी आयोजना निर्माण हुँदै

रसुवा – रसुवामा तीनवटा ठूला खानेपानी आयोजना निर्माण हुने भएको छ । पिछडिएका, छुटमा परेका भूकम्पपीडित र कुपोषण संकटापन्न समुदायलाई लक्षित गरी आयोजना निर्माण गर्न लागिएको हो।

गाउँमा पर्याप्त र सुरक्षित खानेपानी पु¥याउनका लागि जिल्लाको उत्तरगया र आमाछोदिङ्मो गाउँपालिकामा खानीपानी निर्माण प्रक्रिया अघि बढेको छ । उत्तरगया गाउँपालिकास्थित डाँडागाउँमा बन्सिखोला खानेपानी आयोजना, आमाछोदिङ्मो गाउँपालिका–१ ठूलोहाकुमा ब्रउ खानेपानी आयोजना र हाकुबेसीमा हाकुबेसी खानेपानी आयोजना निर्माण गर्न लागिएको लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज (ल्याकोस) ले जनाएको छ।

डिएफआइडी र एसिएफ इन्टरनेसनलको पाँच करोड २३ लाख दुई हजार लागतमा खानेपानी आयोजना निर्माण गर्न लागिएको ल्याकोसका अध्यक्ष सन्तोष घलेले बताए । ‘खानेपानी निर्माणका लागि प्रक्रिया अघि बढिसकेको छ,’ अध्यक्ष घलेले भने, ‘गाउँपालिकास्थित वडा कार्यालयमार्फत उपभोक्ता समितिले खानेपानी आयोजना निर्माण गर्ने छन्।’

तीनवटा आयोजना सम्पन्न गर्नका लागि १० महिनाको समय तोकिएको छ । आयोजना निर्माणका लागि खानेपानी उपभोक्ता समितिको निर्माण, प्राविधिक र सामाजिक सर्वेक्षण, डिजाइन तथा स्टिमेट तथा गाउँपालिका, उपभोक्ता समिति र सहयोगी संस्थाबीच त्रिपक्षीय सम्झौता भएपछि निर्माण कार्य अघि बढाइने छ।

डाँडागाउँमा निर्माण हुन लागेको आयोजनाका लागि उपभोक्ता समिति गठन भइसकेको छ । त्यहाँ मुहानदेखि रिर्जभ ट्यांकीसम्म पानी ल्याउन १८.५ किलोमिटर मुख्य पाइपलाइन बिछ्याउनु पर्ने देखिएको छ । ठूलोहाकुको आयोजना सर्वेक्षणको काम सकिएको छ । यी आयोजना सञ्चालनमा आएपछि करिब पाँच हजार जनसंख्या लाभान्वित हुने संस्थाले जनाएको छ।
 

प्रकाशित: १३ फाल्गुन २०७४ ०६:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App