८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

तालिवानी आक्रमणमा २२ सैनिकको मृत्यु

अफगानिस्तान– तालिवानी समूहले अफगानिस्तानको पश्चिमी फराह राज्यमा रहेको सैनिक शिविरमा गरेको आक्रमणमा परी कम्तीमा २२ जना अफगानी सेनाको मृत्यु भएको स्थानीय अधिकारीले जनाएका छन्।

तालिवानी समूहको सयौंको संख्यामा आएका सशस्त्र लडाकूले कानेस्क क्षेत्रमा रहेको शिविरमाथि एक्कासि आक्रमण गरेपछि दुई पक्षबीच शुक्रबार रातभर भीडन्त भएको र रातभरको भीडन्तमा केही सैनिक अधिकारीको मृत्यु भएको प्रान्तीय सरकारका प्रवक्ता नसीर मेहरीले बताए ।

उक्त भडपमा विद्रोहतर्फ पनि क्षति भएको तर मृतक विद्रोहीलाई उनीहरूले नै बोकेर लगेकाले यकिन संख्या थाहा हुन नसकेको बताए।

घटनास्थलमा थप आक्रमण हुनसक्ने सम्भावना नभए पनि सावधानीका लागि केही सुरक्षाकर्मीलाई त्यसतर्फ पठाइएको बताइएको छ।

यसबारे तालिवान समूहको औपचारिक धारणा अहिलेसम्म नआएको समाचारहरूमा जनाइएको छ।

प्रकाशित: १३ फाल्गुन २०७४ ०६:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App