६ वैशाख २०८१ बिहीबार
समाज

विकास बुझ्दै सरकारी टोली गाउँमा

खाद्य सुरक्षा कार्यक्रम अन्र्तगत वनेको लिही सिचाईकुलो। तस्बिर : डिबी बुढा/नागरिक

जुम्ला – जुम्लामा कृषि तथा खाद्य सुरक्षा आयोजनाको काम हेर्न सरकारी टोली गाउँमा पुगेको छ । तातोपानी गाउँपालिका  र तिला गाउँपालिकाका विभिन्न गाउँमा सरकारी टोलीले आयोजना अन्र्तगतका विभिन्न क्रियाकलापको अनुगमन गरेको हो। जिल्ला समन्वय समितीका संयोजक लालबहादुर सार्की र प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल सहितको टोलीले गाउँमा पुगेर स्थानीय संग साक्षात्कार गरेको हो।

विकासमा भईरहेका विभिन्न आयमका विषयमा छलफल भयो, जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख भरत प्रसाद कँडेलले भने,कृषि क्षेत्रमा भएका विकासे कामकाजको अध्ययन अनुगमन  गरेर किसानलाई उत्प्रेरणा दिने काम भयो। खाद्य सुरक्षा कार्यक्रमले धुवारहित चुलो वितरण, आधुनिक खेती प्रणाली अन्र्तगत मिनी टेलरको प्रयोग, बेमौसममा हरियो सागसव्जीको खेती सिचाई लगातका कामको अनुगमन गरेको थियो।

समयमै सम्पन्न भएका आयोजनाको कामको अनुगमन समयमै गर्नाले किसानलाई रकम निकासा गर्न र बिग्रेको काम सुधार्न मौका मिल्ने कृषि प्रमुख कँडेल बताउँछन। जिल्ला समन्वय समितीका संयोजक लालबहादुर सार्कीले सरकारी पक्षवाट भएका राम्रा कामले गाउँमा स्थानीय किसानलाई निकै राहत पुगेको बताए।  गाउँमा विकास निर्माणको काम प्रति अपनत्व देखिएको पाईदैन, उनले भने, आगामी दिनमा हाम्रो विकास, राम्रो विकासको मान्यतालाई अवलम्वन गर्दै दिर्घकालिन विकासको अवधारणा बनाउन जरुरी छ।

आफुले गरेको विकास हेर्न गाउँमा सरकारी टोली पुग्दा स्थानीय निकै खुसी थिए। आफुले गरेको विकास हेर्न र आगामी दिनमा सहयोगको अपेक्षा गरेको तिला गाउँपालिका २ का कलीवहादुर रावतले बताए। उनका अनुसार पछिल्लो समयमा गाउँमा बेमौसममा हरियो सागपात पाउनुका साथै मौसममा व्यवसायीक तरकारी खेती गरेर किसानले मनग्गे आम्दानी गरेका छन।

गाउँगाँउमा कुखुरा पालन र खरायोपालनका साथै स्थानीय उत्पादनबाट सर्वोत्तम पिठो बनाएर प्रयोगमा ल्याएपछि पोषण स्थितीमा सुधार आएको अनुभव स्थानीयको छ।  कार्यक्रम शुरु भईसकेपछी गाउँमा धुवाबाट मुक्त हुनुका साथै पोषिलो खानेकुरा बाट महिला तथा वालवालिका बञ्चित हुनु परेको छैन। कृषि प्रमुख कँडेलले कृषि, पशुपालन क्षेत्रमा भएका क्रियाकलापको अनुगमन गरेर राम्रा पक्षको अनुशरण गर्दै नराम्रो पक्षको सुधार गरिने बताए। उनले किसानलाई खाद्य सुरक्षा कार्यक्रमको मर्म अनुसार काम गर्न किसानलाई सुझाव दिए। उनले भने, नेपाल कृषि प्रधानदेश भएकोले कृषि पेशा नै सम्मानपूर्ण पेसा हो।

सिचाई नपुगेको स्थानमा सिचाईको पहुँच पुगेको छ,पोषिलो खानेकुराको विकास भएको छ, कृषि प्रमुख कडेँलले भने, किसानको खानेपानीमा परिवर्तन भएको छ। अगुनमनका क्रममा किसानले कृषि क्षेत्रलाई प्रथामिकताका साथ अघि बढाउनको लागि माग गरेका थिए।
 


 

प्रकाशित: १३ फाल्गुन २०७४ ०८:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App