१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियाको अर्को उच्चस्तरीय टोली दक्षिण कोरियामा

सोल – २३ औं शीतकालीन ओलम्पिकको समापन समारोहमा सहभागी हुन उत्तर कोरियाको एक उच्चस्तरीय सरकारी टोली आइतबार दक्षिण कोरिया आइपुगेको छ।

उच्चस्तरीय टोलीको नेतृत्व उत्तर कोरियाको सत्तारुढ दल वकर्स पार्टी अफ कोरियाको केन्द्रीय समितिका उपाध्यक्ष किम योङ चोलले गरेका छन्। स्थानीय समयानुसार आइतबार बिहान ९.५३ मा उनीहरु पश्चिमी सिमा क्षेत्रमा रहेको सरकारी कार्यालयमा आइपुगेको स्थानीय टेलिभिजनहरुले देखाएका छन्।

कालो र लामो कोट पहिरिनुभएका टोली नेता किमलाई दक्षिण कोरियाको एकता मन्त्रालयका उपमन्त्री चुङ हाएसुङले सिमा कार्यालयमा स्वागत गरेका थिए। उपाध्यक्ष किम आइतबार राती हुन लागेको सो शीतकालीन ओलम्पिकको समापन समारोहमा सहभागी हुने कार्यतालिका रहेको छ।

यस भ्रमणले दुइ देशबीचको सम्वन्ध आगामी दिनमा सुधार हुने र कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि आवश्यक सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसअघि उद्घाटन समारोहमा हुन उत्तर कोरियाको तर्फबाट किम यङ–नामको नेतृत्वको एक प्रतिनिधिमण्डल दक्षिण कोरिया पुगेको थियो। नाम उत्तर कोरियाको संसदका प्रमुख हुन्।

उक्त प्रतिनिधिमण्डलमा उत्तर कोरियाली नेता किम जोन उनकी बहिनी पनि सहभागी थिइन्। उनले दक्षिण कोरियाका राष्ट्रपतिलाई भेटेर आफ्ना दाजुको तर्फबाट उत्तर कोरियाको भ्रमणका लागि निमन्त्रणा पनि दिएका थिए।  

प्रकाशित: १३ फाल्गुन २०७४ १०:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App