८ वैशाख २०८१ शनिबार
समाज

दाउरा प्रहार गरेर आफ्नै सम्धीको हत्या

रुकुम – रुकुम (पश्चिम) त्रिवेणी गाउँपालिका–५, झुल्काडाँगीका ५५ वर्षका टिकाराम ओलीको दाउरा प्रहारबाट मृत्यु भएको छ। उनका आफ्नै सम्धी खलवीर डाँगीले दाउरा प्रहार गरी ओलीको हत्या गरेका हुन्। 

प्रहरीका अनुसार बुधबार साँझ दुई जनाबिच सामान्य विवाद हुँदा डाँगीले ओलीको टाउकोमा दाउरा प्रहार गरेका थिए। दाउरा प्रहारबाट गम्भीर घाइते भएका ओलीलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको भएपनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १३ फाल्गुन २०७४ १२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App