८ वैशाख २०८१ शनिबार
समाज

राष्ट्रिय सभाका तीन सदस्यको सपथ रोक्न सर्वाेच्चको आदेश

काठमाडौं– सर्वाेच्च अदालतलले राष्ट्रिय सभाका तीन जना मनोनित सदस्यहरु डा. युवराज खतिवडा, रामनारायण विडारी र डा‍. विमला पौडेल राईको सपथ रोक्न अन्तरिम आदेश जारी गरेको छ ।

सर्वाेच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले उक्त आदेश दिएको हो । सो इजलासले २० गतेको सपथ ग्रहणको कार्यक्रममा उनीहरुलाई सामेल नगराउनु र सोही दिन सर्वाेच्च अदालतमा अन्तरिम आदेश यथावत गर्ने नगर्ने भन्ने विषयमा छलफल गर्न उपस्थित हुन समेत सरकार र संघीय संसदको सचिवालयको नाममा अन्तरिम आदेश जारी भएको हो ।

सरकारबाट गरिएको सिफारिसलाई अस्विकार गर्ने संवैधानिक आधार धारा ७५(१) बमोजिम राष्ट्रपतिलाई नभएको उल्लेख गर्दै सर्वोच्च अदालतले अघिल्लो सरकारको सिफारिसलाई अस्वीकार गरी नयाँ सिफारिस बमोजिमको नियुक्ति पाएका तीन सांसदको सपथ गराउन नमिल्ने देखिएको उल्लेख गरेको छ ।

देउवा सरकारले गोापल बस्नेत, कृष्णप्रसाद पौडेल, र चाँदनी जोशीको नाम राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेको भएपनि उनीहरुको नियुक्ति राष्ट्रपतिबाट रोकिएको थियो र नयाँ सरकारको सिफारिस अनुरुप नियुक्ती भएको थियो । 

प्रकाशित: १३ फाल्गुन २०७४ १३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App