coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हिमश्रृंखला हेर्न कोतडाँडा

ललितपुर – ललितपुरको गोदावरी नगरपालिकाको कोतगाउँबाट धौलागिरिदेखि अन्नपूर्ण हुँदै पूर्वको महालंगुर शृंखलासम्मको हिमाल देखिन्छ। कोतगाउँलाई पर्यटन व्यवसायीले ‘सुन्दर कोतडाँडा’ समेत भन्ने गरेका छन्। 

काठमाडौं उपत्यबाट नजिकै रहेको कोतडाँडालाई हिमशृंखला हेर्ने उपयुक्त ठाउँको रुपमा लिने गरेको पर्यटन व्यवसायी राजेन्द्र लामा बताउँछन्। ‘यहाँबाट मनास्लु, गणेश, लाङटाङ, सिसापाङ, दोर्जेलाक्पा, गौरीशंकर, आमाग्याजिन र नमर हिमाल हेर्न सकिन्छ,’ फ्रेन्डस एडभेन्चर प्रालिका अध्यक्ष समेत रहेका लामाले भने, ‘कोतगाउँ पर्यटकीय दृष्टिकोणले उपत्यकाको उत्कृष्ट ठाउँ हो।’ 

उनका अनुसार कोतगाउँ हाइकिङका लागि पनि उपयुक्त छ। सात दोबाटोबाट करिब दुई घन्टामा कोतडाँडा पुग्न सकिन्छ। कोतगाउँको प्रसिद्ध धार्मिकस्थलको रुपमा बिसंखुनारायण मन्दिर छ। यहाँ हिन्दु तथा बौद्ध धर्मावलम्बी दर्शनका लागि आउने गरेका छन्। यही रुट भएर कोतडाँडा पुग्न सकिन्छ। 

गोदावरी हुँदै मन्दिरको बाटो भएर हाइकिङ गर्न सकिन्छ। यस्तै लाकुरी भन्ज्याङ हुँदै डेढ घन्टामा कोतडाँडा पुग्न सकिन्छ। काठमाडौंबाट लगेनखेल हुँदै बढीगाउँ भएर बिसंखुनारायण मन्दिरबाट समेत कोतडाँडाको रुट तय गर्न सकिन्छ। कोतडाँडाको उचाइ १ हजार ७ सय ४१ मिटर छ। 

कोतगाउँमा अहिले होमस्टे सञ्चालनमा छन्। यो ठाउँ पछिल्लो समय पिकनिक स्थलको रुपमा चिनिन थालेको छ। उपत्यकाभित्रबाट नजिकै जाने सोच भएकाहरुका लागि कोतगाउँ उपयुक्त रहेको स्थानीयको भनाइ छ।

 यहाँ २०७१ सालबाट होमस्टे सञ्चालनमा आएको हो। २०७२ को भूकम्पले होमस्टेको व्यवसाय फस्टाउन भने सकेको थिएन। अहिले पर्यटकको चापका कारण होमस्टे भरिभराउ हुनेगरेको ब्यवासायी कर्ण तामाङ बताउँछन्। उनका अनुसार काठमाडौं, भक्तपुरका पर्यटन व्यवसायीले नै प्याकेजमा पर्यटक कोतडाँडा पठाउने गरेका छन्। 

‘आन्तरिक पर्यटकको चाप बढी छ। कोतडाँडाँको प्रचार्रसार हुन सकेको छैन। जहाँबाट हिमशृंखला सजिलै देखिन्छ,’ उनले भने, ‘एकपटक आएपछि दोहो¥याउनेहरु धेरै छन्।’ 

कोतडाँडाका होमस्टेमा स्थानीय रुपमा उत्पादित खाद्यवस्तु प्रयोग गरिने सञ्चालकहरु बताउँछन्। स्थानीय तरकारीलाई विशेष प्राथमिकतामा राखेको होमस्टे सञ्चालक कर्ण तामाङले बताए।

प्रकाशित: १३ फाल्गुन २०७४ १३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App