coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

किक बक्सिङ संघमा महर्जन

काठमाडौं–ललितपुर किक बक्सिङ संघको अध्यक्षमा विनोद महर्जन पुनः चयन भएका छन्। पूर्वराष्ट्रिय किक बक्सिङ च्याम्पियन महर्जनको अध्यक्षतामा बसेको बैठकले बक्सिङ संघ पुनर्गठन गरेको हो।

उपाध्यक्ष उमेश ढुंगेल, सचिव नरेन्द्र चित्रकार, कोषाध्यक्ष सुरज राजथला छन् । सदस्यमा सुरेन्द्र कपाली, राजेश बज्राचार्य, अमर कायस्थ, चन्द्रबहादुर श्रेष्ठ, राजेश महर्जन, विनोद सिलवाल र सरेन मालाकार छन् । प्रमुख सल्लाहकारमा राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष एवं किक बक्सिङ तथा कराँतेका अन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जन छन् । अन्य सल्लाहकारमा नारायणदेव राना, दीपक श्रेष्ठ, गंगाराम महर्जन र दयाराम महर्जन छन्।

चैत अन्तिम साता किक बक्सिङ

संघले गोदावरी नगरपालिकाअन्तर्गत चापागाउँको प्याङगाउँ चौरमा चैत अन्तिम साता दोस्रो वीर गणेशमान स्मृति किक बक्सिङ आयोजना गर्ने भएको छ ।  प्रतियोगितामा पहिलो हुने खेलाडीलाई ३० हजार, दोस्रोले १५ र तेस्रो हुने दुई खेलाडीले १०–१० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय  गरिएको छ । महिला तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीलाई २५–२५ हजार प्रदान गरिने अध्यक्ष विनोद महर्जनले जानकारी दिए । च्याम्पियन हुने टिमलाई ५० हजार पुरस्कार व्यवस्था गरिएको छ।

प्रतियोगितामा देशभरका कराते, फुलकन्ट्याक्ट कराते, तेक्वान्दो, उसु, बक्सिङ, आइटीएफ तेक्वान्दो, राष्ट्रिय तेक्वान्दो र सातै प्रदेशका राष्ट्रिय खेलाडी सहभागी हुने आयोजकले जनाएका छन्।  प्रतियोगितामा विभागीय टोलीका रुपमा पुलिस र सशस्त्र प्रहरीका खेलाडी सहभागी हुनेछन्।

प्रकाशित: १३ फाल्गुन २०७४ १४:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App