७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

‘अमेरिकासँग सम्बन्ध सुधार्न उत्तर कोरिया तयार’

सोल – उत्तर कोरियाले अमेरिकासँग निशर्त वार्ता गर्ने इच्छा देखाएको छ। आइतबार दक्षिण कोरियाले यो जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

दक्षिण कोरियाको राजधानी सोलमा रहेको राष्ट्रपतिको कार्यालय (ब्लु हाउस)का अनुसार उत्तर कोरियाबाट शीतकालीन ओलम्पिकको समापन समारोहमा सहभागी हुन आएको प्योङयाङको प्रतिनिधिमण्डलले आफ्नो मुलुक अमेरिकासँग वार्ता गर्न चाहेको बताएको हो। 

‘दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनसँगको भेटका क्रममा उत्तर कोरियाको प्रतिनिधिमण्डलले दुई कोरियाली मुलुकबीच वार्ताका लागि सहमति जनाएको छ,’ ब्लु हाउसले आइतबार एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ। 

प्योङयाङका प्रतिनिधिले उक्त अवसरमा गरेको कुराकानीलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘उत्तर कोरिया–अमेरिकाबीचको सम्बन्ध सुधार हुनुपर्नेमा समेत सहमत भएको छ।’ 

उत्तर कोरियाले कुनै पूर्वशर्त बिना वार्ता गर्ने बिषयमा पटकपटक इच्छा व्यक्त गरेको बताइए पनि यसलाई वासिङ्टनले अस्वीकार गर्दै आएको छ। 

अमेरिकाले वार्तामा बस्नुपूर्व उत्तर कोरियालाई आणविकविहीन बनाउने बिषयमा ठोस कदम चालिनुपर्ने बताउँदै आएको छ। 

प्रकाशित: १३ फाल्गुन २०७४ १५:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App