८ वैशाख २०८१ शनिबार
समाज

संस्थानको चामलमा दलालको रजाईं

कालिकोट- पचालझरना गाउँपालिका —२ सिकुका जौन विक चामल लिन जारकोट पुगे। उनले ३० किलोको एक प्याक चामल किनेर घर फर्किने सुरमा थिए। उनले किनेको बंगालादेशी उसिना मोटो चामल हो। विकले किनेको चामलको प्याकलाई ९०० रुपैयाँ पर्छ। चामल प्याक गर्ने खाली बोराको मुल्य २० गरी ९२० रुपैयाँ हिसावमा आउँछ। तर, जौन विकले८० रुपैयाँ बढी मुल्य हालेर एक प्याक चामल १ हजार रुपैयाँले किन्न बाध्य भए। व्यापारीले आँफुबाट १ हजार रुपैयाँ दिदा ३० किलोको एक प्याक चामल र दुई प्याकेट गौरव नामको चाउँचाउ चामल विक्रेताले दिएको विकले सुनाए।

ठेकेदारले चामल विक्री गर्न राखेकाएक व्यापारीले हेर्दाहेर्दै विकलाई यसरी ठगेका हुन्। बाजुरागोत्री घर भएका स्थानीय व्यापारी बसन्त शाहीले जारकोट बजारमा चामल विक्री गर्दै आएका छन्। उनलाई विशाल निर्माण सेवा र सिदार्थ ढुवानी सेवाले विक्री वितरणको जिम्मा दिएका हुन्। नेपाल खाद्य संस्थान कालिकोटले दुई वटा र्फम चामल ढुवानीका लागि ठेक्का स्वीकृत गरेको थियो। विशाल निर्माण सेवा कालिकोटले जिल्लाको सदरमुकाम मान्मदेखि पलाँता गाउँपालिकाको थिर्पु डिपोसम्मको चामल ढुवानी जिम्मा पाएको छ। त्यस्तै सिदार्थ ढुवानी सेवा सुर्खेतले सुर्खेतदेखि थिर्पु डिपोसम्म संस्थानको चामल ढुवानी जिम्मा लिएको छ।

स्थानीय यसरी ठगिए

विशाल निर्माण सेवाद्धारा निलो तिरुवाले ६९९ कुइन्टल ८० किलोग्राम पहिलो किस्तामा ढुवानी गरेका छन्। सिदार्थ ढुवानी सेवाका कमल गुरुङले ७९९ कुइन्टल ८० किलो चामल ढुवानी गरेर विक्री गरिसकेका छन्। दुई वटै र्फमको गरेर १४ सय ९९ कुइन्टल ६ किलो ढुवानीढुवानी भएको छ । एक प्याक चामलको ३० किलोको दरले ४ हजार ९ सय ९९ बोरा हिसावमा जोड्दा आउँछ। विशाल निर्माण सेवा २ हजार ३ सय ३३ प्याक चामल हुन आउँछ भने, यसै गरी सिदार्थ ढुवानी सेवाको २ हजार ६ सय ६६ प्याक चामल हुन आउँछ।

प्रति प्याक चामल बरावर ८० रुपैयाँको दरले बढी मुल्य उठाउँदा विशाल निर्माणको १ लाख ८६ हजार  ६ सय ४० हुन्छ । त्यस्तै सिदार्थ ढुवानी सेवाले २ लाख १३ हजार २ सय ८० रुपैयाँ धेरै लिएको हुन आउँछ । दुई वटै र्फमको जोड्दा ३ लाख ९९ हजार ९ सय २० रुपैयाँ मुल्य भन्दा धेरै रुपैयाँ उठाएका छन् । बंगालादेशी उसिना मोटो चामलमा संस्थानले तोकेको मुल्यभन्दा बढी रुपैयाँ असुलेका छन् । बंगालादेशी चामल एक किलोको ३० का दरले ३० किलोग्राम भएको चामलको प्याकबो मुल्य ९०० हुन्छ । त्यस्तै अरुवा मोटो चामलको ३० किलोग्रामको मुल्य ११४० मुल्य रहेको संस्थानले बताएको छ।

संथानलाई छलेर विक्री

नेपाल खाद्य संस्थानलाई डिपोसम्म चामल नपुर्याएर धमाधम चामल विक्री भएको ठेकेदारले झुटको खेति गरेर व्यापारी बसन्त शाहीले दलाली गरेको स्थानीयले ओरोप लगाएका छन्। पचालाँता गाउँपालिकाको लागि थिर्पुमा नेपाल खाद्य संस्थानको डिपो छ । तर, डिपोसम्म एक किलो चामल नपुर्याएरै विचबाटोमै विक्री भएको छ । बिच बाटोमा ठेकेदारबाट ठगिएका जौन विक एक प्रतिनिधि मुलक पात्र मात्रै हुन्। उनी जस्तै सयौं स्थानीय दलालबाट ठगिएका छन्। नेपाल खाद्य संस्थाले अनुदानमा वितरण गर्ने चामलमा दलालको रजाइ भएको भईरहेको स्थानीयले गुनासो गरेका छन्। चालु आर्थिक वर्ष २०७४—०७५ मा ठेक्का प्रथाबाट वितरण गरिने चामलमा दलालको रजाइ भएको हो।

नेपाल खाद्य संस्थान शाखा कालिकोटले चामल ढुवानीका लागि गत मंसिरमा ठेक्का आह्वान गरेको थियो। चालु आर्थिक वर्षको पहिलो चरणको चामल ढुवानीमा चरम लापरवाही भएको छ। नेपाल खाद्य संस्थानलाई आपुर्ति मन्त्रालयले तोकेको विक्रीमुल्य भन्दा धेरै रुपैयाँले चामल विक्री गरेको प्रमाण भेटिएको छ। ठेकेदार निलो तिरुवा र कमल गुरुङले स्थानीयलाई खाद्य संस्थानले तोकेको मुल्य अनुसार नै चामल वितरण गरेको दावी गरेका छन्। नेपाल खाद्य संस्थान कालिकोटका प्रमुख छक्कु आचार्यले आफु जिल्लामा भर्खरै आएकाले ठेकेदारले के गरे भन्नेबारे थाहा नभएको बताए। थिर्पु डिपोका लागि भर्खरै सुर्दशन प्रसाई लाई डिपो प्रमुखको रुपमा खटाएको छु । शाखा प्रमुख आचार्यले कर्मचारी अभावका काराण डिपोमा समयमा कर्मचारी खटाउन नसकिएको बताए।

प्रकाशित: १४ फाल्गुन २०७४ १२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App