७ वैशाख २०८१ शुक्रबार
समाज

अदालतकै आँगनमा प्रहरीले महिला कुट्यो, जिल्ला अस्पतालमा उपचार हुँदै

रौतहट – रौतहट प्रहरीले महिलाको अति संवेदनशील अंगमा प्रहार गरी अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको छ। रौतहट जिल्ला अदालतको मुखैमा छाती तथा प्राइबेट अंगमा बुटले हिर्काउँदै लछारपछार गरेर घाइते बनाएको घटनाले प्रहरी अझै लोकतान्त्रिक हुन नसकेको प्रमाणित भएको छ।

जिल्ला अदातल रौतहटमा बहस सुन्न गइरहेका २ जना महिलालाई सोमवार अदालत रौतहट परिसरमै कुटपिट कुटपिट गरिएको छ। महिला प्रहरीकै कुटाइबाट दुई महिला घाइते भएको घटनाले प्रहरीलाई विवादमा तानेको छ।

बालक हत्याको आरोपमा पक्राउ परेका अभियुक्तलाई अदालतमा लगेपछि बहस सुन्न गइरहेका पीडित पक्षलाई अदालत गेटमा तैनाथ महिला सुरक्षाकर्मीहरुले दुई जनालाई बुटले संवेदनशील अंगमा हिर्काएर गरी घाइते बनाएका छन्।

राजपुर नगरपालिका वडा नम्वर ९ बैरियामा गत माघ ९ गते ८ बर्षिय बालक महफुज देवानलाई धारिलो हतियारले घाँटीको पछाडिबाट काटेर विभत्स हत्या गरेको आरोपमा प्रहरीले पाँच जना व्यक्तिलाई पक्राउ गरी आवश्यक अनुसन्धान पुरा गरी सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालत रौतहटमा पेश गरेको थियो। 

जिल्ला अदालतमा घटना सन्दर्भमा बहस चलिरहदा उक्त बहस सुन्न मृतक बालक महफुजको ५५ बर्षिया हजुर आमा कोरैसी फकिरी सहितका २५ जना महिला तथा पुरुषहरु अदालतमा जान खोज्दा अदालतको मुख्य गेटमा तैनाथ सुरक्षाकर्मीले जानबाट रोक लगाएको केही बेरपछि महिला नेत्री अम्ब्या खातुनले कोरैसीलाई लिएर परिसरमा प्रवेश गर्दा डिउटीमा तैनाथ महिला प्रहरीले लछारपछार गरेका छन्।

महिला प्रहरीले बुटबाट नेत्री खातुनलाई लछारपछार गर्दै छाती र प्राइवेट पार्टमा प्रहरीले हिर्काउदा त्यही ढल्न पुगेकी थिइन्। महिला नेतृ खातुनसँगै अदालत जान लागेकी मृतक बालककी हजुर आमा कोरैसीलाई पनि प्रहरीले लछारपछार गर्दै भूइँमा लडाएर पिठ्यु तथा छातीमा बुटले हिर्काएर घाइते बनाएको सोही गाउँका प्रत्यक्षदर्शी मन्तजिर आलमले बताएका छन्।

प्रहरीको कुटाइबाट घाइते दुवै महिलालाई तत्कालै जिल्ला अस्पताल गौरमा प्राथमिक उपचार गरिएको छ। जिल्ला अस्पताल गौरको आकस्मिक कक्षमा कार्यरत अहेव पंकज ठाकुरका अनुसार महिलाको सम्बेदनशिल अंगमा चोट लागेको देखिएको हुँदा उपचार भइरहेको तथा उनीहरुको अवस्था खतरामुक्त रहेको छ।

हत्या भएको बालकको हजुर आमा कोरैसी अस्पतालको वेडमा बोल्न नसक्ने अवस्थामा रहेकी तथा अर्का महिला नेत्री अम्ब्याले कोरैसीको आग्रहमा उनलाई लिएर भित्र जान लाग्दा कसैलाई अदालतभित्र पस्ने इजाजत नरहेको तिमीहरु बाहिर जाउ भन्दा पनि भित्र जान खोज्दा हात समातेर लछापछार गर्दै बुटले सम्बेदनशिल अंगमा हिर्काएको रुँदै उनले भनिन।

असहज पीडाबाट छटपटिदै गरेकी महिला अम्ब्याले अदालत परिसरमा कसैलाई पनि कुटपिट गर्न नमिल्ने तर हामीमाथि अत्याचार गर्ने ति सुरक्षाकर्मीलाई हदै सम्म कारवाही हुनुपर्ने समेत माग गरेकी छन्।

रौतहट प्रहरीका एसपी यज्ञविनोद पोखरेलले न्याय सम्पादनको विषयमा अनावश्यक रुपमा दवाव दिन जान लाग्दा प्रहरीले निकै सम्झाउदा समेत नमानेपछि सामान्य बल प्रयोग गरेर बाहिर हटाएको स्पष्ट बताउँदै कसैलाई नियतबस कुटपिट नगरिएको अनावश्यक लाञ्छना लगाउन नहुने समेत बताएका छन्।

प्रकाशित: १४ फाल्गुन २०७४ १५:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App