६ वैशाख २०८१ बिहीबार
समाज

बन्चरो प्रहार गरी हत्या

रौतहट –  रौतहटमा बन्चरो प्रहार गरी गएराती एक जनाको हत्या भएको छ। स्थानीय कटहरीया नगरपालिका वडा नम्बर १ छेदीचौक निवासी ४० बर्षिय शिव मंगल महतो नुनियाको बन्चरो प्रहार गरी हत्या भएको हो।

हत्याको आरोपमा नुनियाका छिमेकी बिरेन्द्र महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।सोमवार राति ९ बजेको समयमा शिव मंगल आफनो बारीवाट फर्किने क्रममा छिमेकी विरेन्द्रले पुरानो रिइसिवि साँध्नको लागी गौडा ढुकेर बाँस घारी नजिक बसेका थिए। गाँउदेखी करिब पाँच सय मिटर पर एकान्त स्थानमा विरेन्द्रले उनीमाथि पछाडीबाट अन्धाधुन्ध टाउकोमा बन्चरो प्रहार गरेपछि उनको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

निकै बेर शिव मंगल घरमा नआएपछि स्थानीय बासिन्दा र उनका परिवारले खोजी गदा शिव मंगलमाथि धारिलो हतियार बन्चरो प्रहार गरी भाग्दै गरेको बिरेन्दे्रलाइ स्थानीयले देखेपछि घटनाको बारे प्रहरीलाई खबर गरिएको थियो।

घटनाबारे जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय गौरवाट प्रहरी प्रमुख यज्ञविनोद पोखरेलको कमाण्डमा इलाका प्रहरी कार्यालय गरुडा र इप्रका कटहरीयाको प्रहरी घटना स्थलमा पुगेर घटनाको विषयमा प्रारम्भिक अनुसन्धानको क्रममा मुख्य अभियुक्त बिरेन्द्रलाई राति नै नियन्त्रणमा लिएको र घटनाको विषयमा गहिरिएर अनुसन्धान भइरहेको प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले बताए।मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको र पोस्टमार्टम पछि अन्तिम संस्कारको लागि शव परिवारको जिम्मा लगाइने प्रहरीले बताएको छ ।

प्रकाशित: १५ फाल्गुन २०७४ ०४:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App