coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कपडा पेल्ने मेसिन पड्किँदा बालकसहित दुईको मृत्यु

कपडा पेल्ने मेसिन पड्किँएपछि मेसिन र छरपष्ट सामानहरु। तस्विर : नागरिक

धादिङ – धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ रिचोकटारमा कपडा पेल्ने मेसिन पड्किँदा बालकसहित २ जनाको मृत्यु भएको छ।

दुर्घटनामा भारत मोतिहारीका ५० वर्षीय अब्दुल जलील अन्सारी र १८ वर्षीय मन्टु अन्सारीको मृत्यु भएको छ। मेसिन चलाउने क्रममा मंगलबार बिहान पड्किदाँ घाईते भएका अब्दुलको घटनास्थलमा नै मृत्यु भएको हो भने बालकको उपचारका लागि अस्पताल लैजालै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। पाटपुर्जा उछिट्टिएर काम गरिरहेका मजदुरलाई लाग्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।  

ट्याक्टरबाट चलाउने उक्त मेसिन पड्किँदा त्यसका सामानहरु दुई  सय मिटर परसम्म पुगेको स्थानीयले बताएका छन्। कपडा पेल्दै गर्दा मेसिनबाट धुवा आएको थियो स्थानीय सुधिरकुमार बराकोटीले भने, ‘मेसिन पड्केपछि मानिसहरुको भागाभाग भएको थियो।’ मेसिनका पाटपूर्जा उछिट्टिएर वरपर रहेका घरसम्म छरपस्ष्ट भएका थिए। अन्सारीले धादिङबेसीमा नौलो सिरक डसना पसल संचालन गर्दै आइरहेका थिए।

 

 

प्रकाशित: १५ फाल्गुन २०७४ ०९:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App