७ वैशाख २०८१ शुक्रबार
समाज

१२ नेपालीको शव लिन नेपाल वायु सेवा निगमको जहाज पठाउने तयारी

सोमबार अफगानिस्तानको काबुलमा आत्मघाती बम आक्रमणमा मारिएका १२ नेपालीको शव लिन नेपाल वायु सेवाको विमान पठाउने तयारी गरिएको छ। प्रधानमन्त्री केपी ओलीले अफगानीस्तानमा आत्मघाती आक्रमणमा मृत्यु भएका नेपालीको शव लिन निमगको जहाज पठाउन निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए।

अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको आत्मघाती बम आक्रमणमा १२ नेपाली सहित १४ जनाको मृत्यु भएको थियो।

घटनाको प्रभावकारी खोज तथा उद्धारका लागि परराष्ट्र मन्त्रालयले पाकिस्तानस्थित नेपाली दूतावासका कार्यवहाक राजदूतलाई सोमबार नै अफगानिस्तान पठाएको छ।

पाकिस्तानबाट गएको नेपाली टोलीले अफगानिस्तानमा सबै कानुनी प्रक्रिया पूरा गरेपछि परराष्ट्रमा जानकारी गराउने र त्यसपछि नेपाल वायुसेवा निगममो जहाज मृतकको शव लिन काठमाडौंबाट काबुल जाने तयारी भएको दाहालले जानकारी दिए।

सोमबार काबुलमा भएको आत्मघाती आक्रमणमा १२ नेपालीसहित १४ जनाको मृत्यु भएको थियो।

प्रकाशित: ७ असार २०७३ ०६:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App