coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जिपको ठक्करबाट बालकको मृत्यु

बैतडी – जिपको ठक्करबाट बैतडीको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंमा बुधबार एक बालकको मृत्यु भएको छ।

सतबाँजबाट सदरमुकाम आउँदै गरेको से १ ज ३८९ नम्बरको जिपले ठक्कर दिँदा दशरथचन्द नगरपालिका–२,देहीमाण्डौंका हर्क बोहराका छोरा ७ वर्षीय बिवेकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

घटनास्थलमै बालकको मृत्यु भएपछि आफन्तलगायत स्थानीयको भीड जम्मा हुँदा यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए। निरीक्षक सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ।

 

प्रकाशित: १६ फाल्गुन २०७४ ०५:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App