७ वैशाख २०८१ शुक्रबार
प्रवास

काजी थापाले सम्हाल्ने राष्ट्रसंघ पर्यवेक्षक समूहको कमाण्ड

काठमाडौं – युद्धविराम अनुगमनसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायको लेवनानस्थित पर्यवेक्षण समूहको नेतृत्व प्रमुख सेनानी काजी थापाले सम्हालेका छन्।

हालै युनिफिल लेवनानमा आयोजित एक कार्यक्रममा आयरल्याण्डका सैनिक निर्देशक पिटर ओटले नेतृत्व हस्तान्तरण गरेको राष्ट्रसंघीय सूचना केन्द्रले जनाएको छ। 

२० देशका हातहतियारविहीन ५३ जना सैन्यदस्ताको नेतृत्व प्रमुख सेनानी थापाले गर्नेछन। दक्षिणी लेवनानमा शान्ति स्थापनामा खटिएका सेनाले उक्त समूहले सघाउँदै आएको छ। 

प्रकाशित: १६ फाल्गुन २०७४ १२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App