coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

व्यवसाय प्रवर्द्धन गर्न धादिङ महोत्सव

धादिङ महोत्सवमा ल्याइएको हात्ती । तस्बिर : सरिता-नागरिक


धादिङ – ‘समृद्ध धादिङको कामना, एक घर एक व्यवसाय हाम्रो चाहना’ नारा साथ बुधबार धादिङ महोत्सव सुरु भएको छ । साना तथा मझौला व्यवसायी महासंघ जिल्ला शाखा धादिङको आयोजनामा सुरु भएको महोत्सवको पूर्वअर्थमन्त्री रामशरण महतले उदघाटन गरेका छन्।

जिल्लाको साना तथा मझौला उद्योग व्यवसायको प्रवर्द्धन गर्दै स्वरोजारका लागि युवालाई आकर्षित गर्ने, जिल्लाको पर्यटन प्रवर्द्धन, जडीबुटी उत्पादन, खनिजजन्य उत्पादनलाई प्रचारप्रसार एवं व्यवस्थित गर्ने  उद्देश्यले आयोजना गरेको महोत्सव फागुन २७ गतेसम्म चल्नेछ।

महोत्सवको मुख्य आकर्षकको रुपमा हात्ती सफारी छ । महोत्सव अवधिभर हात्तीबाट धादिङबेसी बजार परिक्रमा तथा हेलिकोप्टरबाट जिल्लाको महत्वपूर्ण स्थल अवलोकनको व्यवस्था पनि मिलाइएको छ । महोत्सव उदघाटनपूर्व धादिङबेसी बजारमा हात्ती सहितको र्याली परिक्रममा गरिएको थियो।  

महोत्सवमा कृषि प्रदर्शनी तथा बिक्री, दूध तथा दुग्धजन्य पदार्थको प्रदर्शनी तथा बिक्री, घरेलु व्यवसायीको विशेष स्टल, हस्तकला प्रदर्शनी तथा बिक्री, शैक्षिक सामग्री प्रदर्शनीमा राखिएको छ । त्यस्तै आदिवासी जनजाति भेषभूषा, झाँकी तथा संस्कृति झल्कने विभिन्न कार्यक्रम, इलेक्ट्रोनिक्स वस्तुको प्रदर्शनी तथा बिक्री, सूचना प्रविधि सम्बन्धी जानकारी, अटोमोबाइल्सको प्रदर्शनी तथा बिक्री, विज्ञान तथा प्रविधिको प्रदर्शनी, धार्मिक तथा ऐतिहासिक स्थलको फोटो प्रदर्शनी तथा , रमाइलो मेला तथा विभिन्न जातीय खानाका परिकार छन्।  

थोरै लगानीमा साना तथा मझौला व्यवसायमा संलग्न व्यावसायीले उत्पादन गरेका सामग्रीको प्रदर्शन-बिक्री वितरण महोत्सवमा हुन्छ । साना तथा मझौला व्यवसायीको हक हितको लागि यो महोत्वसव फलदायी बन्नेमा आफू विश्वस्त रहेको संस्थाका अध्यक्ष रामलाल श्रेष्ठले बताए । ‘जिल्लाको कृषि, पर्यटन  प्रवर्द्धन महोत्सवले टेवा पुर्याउनेछ,’ अध्यक्ष श्रेष्ठले भने, ‘स्थानीय उद्योग र उत्पादनलाई विशेष जोड दिएका छौं ।’

महोत्सवमा बंगलादेश, कोस्टारिका, इस्टोनिया, ग्रिस, भारत, नेपाल इन्डोनेसिया, इजरायल, इटली, मलेसिया, टर्कीलगायत देशका कलाकारको प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको सांस्कृतिक प्रदर्शनी रहने आयोजकले जानकारी दिएको छ । दुई सय स्टल रहेको महोत्सवमा १० करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।

 


 

 

 

प्रकाशित: १७ फाल्गुन २०७४ ०१:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App