७ वैशाख २०८१ शुक्रबार
समाज

मौलाउँदै जुवातास

रुकुम – करिब एक वर्ष अघि तत्कालिन प्रहरी प्रमुख (डिएसपी) अंगुर जिसीले जिल्लामा जुवातास नियन्त्रण अभियान चलाए। सोही बेला उनले ९० प्रतिशत भन्दा बढी जुवातास नियन्त्रण भयो। जुतातास नियन्त्रण अभियान वर्षदिन नपुग्दै जिल्लामा पुनः जुवातास मौलाउँदै गएको छ। जुवातास नियन्त्रणमा सरोकारवाला निकायले ध्यान नदिँदा जुवातास मौलाउँदै गएको हो।

जिल्ला सदरमुकाम मुसीकोट खलंगा, सल्ले लगाएतका क्षेत्रमा जुवातास व्यवसायिक रुपमा खेल्दै आएका छन्। जुवातास नियन्त्रण हुन नसक्दा सामाजिक सद्भावमा खलल् पुगेको नागरिक समाजका शिवराम खत्री बताउँछन्। जुवातास नियन्त्रणमा प्रहरी सक्रियता बढाउनु पर्ने उनले बताए।

‘प्रहरीले चाहेको खण्डमा यो नियन्त्रण हुन सक्छ’ उनले भने, ‘प्रहरी मुखदर्शक मात्र भएको छ।’ पक्राउ परेका ब्यक्तिहरुलाई सामान्य सोधपुछपछि छाड्ने प्रबृतीका कारण यो कार्य पूर्णरुपमा नियन्त्रण हुन नसकेको हो। जिल्ला सदरमुकाम र आसपासका ब्यापारिक केन्द्रहरुमा जुवातास सञ्चालन भईरहेको छ। यसलाई रोक्न स्थानीय प्रशासनले कदम चाल्नुपर्ने सुझाव स्थानीयहरुको छ। यस्ता मनोरञ्जनका साधनहरुमा बाजी राखेर खेल्ने भएकाले जुवाको रुप लिएको उनीहरुको गुनासो छ।

कर्मचारी, शिक्षक, व्यापारी र अन्य व्यक्तिहरुले जुवा खेल्ने गरेको स्थानीयहरुको भनाई छ। यता प्रहरीले भने जुवातासमा निगरानी भईरहेको बताएको छ। ‘हामीले भेटाएका छैनौं’ यहाँका प्रहरी निरिक्षक ऋषिराज ढुंगानाले भने, ‘भेटिएमा कानुन बमोजिम कारवाही हुन्छ ।’ ‘हिजो पनि जुवातास प्रतिबन्ध थियो, आज पनि छ र भोली पनि रहन्छ’ उनले भने। जुवातासले घरेलु हिंसा समेत सृजना गर्ने महिला अधिकारकर्मीहरुको भनाई छ।
 

प्रकाशित: १७ फाल्गुन २०७४ ०८:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App