१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

घर अगाडिबाटै गाडी चढ्ने सपना पुरा

गाउँमा सडक पुगेपछि बाजागाजाले स्वागत गर्दै स्थानीयहरु। तस्बिर : नागरिक

रुकुम – देखिएका सबै सपना पुरा हुँदैनन्। केहि नदेखिएका सपना पुरा हुन्छन्। यस्तै भएको छ रुकुमको सानीभेरी गाउँपालिका वडा नम्बर ८ का ६३ बर्षिया रिपबहादुर ओलीलाई। घर नजिकै गाडी चड्ने सपना उनले देखेका थिएनन्। तर उनको घर अगाडिबाटै गाडी चढ्ने सपना पुरा भएको छ।

गाडी चढ्न टाढा जानुपर्ने बाध्यता अन्त्य भएपछि उनी निकै हर्षित छन्। तल्लो आम्डाँडा र फुक्रु कालिका आधारभूत विद्यालय सम्म सडक पुगेपछि उनी जस्तै यहाँका स्थानीयहरु खुशी छन्। गाउँमा पहिलो पटक सडक पुगेपछि उनीहरुले बाजागाजा सहित स्वागत गरे। सानीभेरी गाउँपालिकाको २६ लाख ५० हजार लागतमा यहाँको तल्लो आम्डाँडा १५ सय मिटर र फुक्रु कालिका आधारभूत विद्यालय सम्म तीन किलोमिटर बाटो निर्माण भएपछि यहाँ सम्म सडक निर्माण कार्य सकिएको हो।

आफ्नो घर आगनमा गाडी आउने भएपछी फुक्रुकाबासीले गाउँपालिकाबाट गएको टोलिलाई गाजाबाजा फूलमालाले स्वागत गरेका थिए। वषौं देखिको घरअगाडिबाट गाडी चढ्ने सपना पुरा भएको भन्दै स्थानीय बासी खुशी भएका छन्।

सडक पुगेपछि यहाँ उत्पादित कृषि जन्यपदार्थ बजार सम्म पुग्ने अपेक्षा राखिएको छ। ‘घाम निभ्नै लाग्दा घर अगाडि सडक पुग्यो’ स्थानीयबासी खड्काले भने, ‘यो विकासले पछिल्लो पुस्तालाई सहज हुने छ।’ ‘सडक निर्माण मात्र गर्नु ठूलो होइन’ स्थानीय शशिराम बुढाथोकीले भने, ‘यसलाई बाह्रै महिना चलाउन चुनौती भएको छ।’ यसका लागि गाउँपालिकाले बिशेष ध्यान दिनुपर्ने उनले बताए।

सडक उद्घाटन कार्यक्रममा बोल्दै सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले वडा नं ८ को सडक उत्कृष्ठ भएको बताए। सडक पुगेपछी कृषि व्यवसाय गरी आयआर्जन बढाउन सुझाब समेत समेत दिए। विकासको प्रमुख अंग सडक भएकाले यस सडकलाई स्थानीयहरुले उपभोग गर्न र संरक्षण गर्नुपर्ने गाउँपालिकाका अध्यक्ष पुनले बताए। अब यहाँ सम्म सामान ढुवानी समेत सहज हने र स्थानीयको जनजीवन सहज हुने बताइएको छ।

 

 

प्रकाशित: १७ फाल्गुन २०७४ ०९:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App