coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

भाइ-बहिनीको पवित्र पर्व

विश्वकै पुरातन धर्म हिन्दु धर्मलाई मानिन्छ जसको आफ्नै धार्मिक, साँस्कृतिक मूल्यमान्यता र पर्व छन् त्यसमध्येको जनैपूर्णिमा तथा रक्षा बन्धन पर्व हिन्दु धर्मालम्बीले धूमधामसाथ मनाउँछन्। रक्षाबन्धनको दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने जौ, तिल, कुशद्वारा ऋषितर्पणी गरी वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने चलन रहेकाले यस पर्वलाई जनै पूर्णिमा भन्ने गरिएको हो।

हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मासूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ। जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामनअवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ। रक्षाबन्धनमा देह शुद्ध गरी देवता, सप्तऋषि (कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र) तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ।

रक्षाबन्धनमा बाहुनहरु जनै तयार गरी मन्त्रेर नुहाई–धुवाई गरेर पूजा पाठ गरी पवित्र धागो जसलाई रक्षा भन्छन् जुन सबै जनालाई रक्षा बाँधेर टीका लगाइदिने बाँध्नेहरुले बाहुनलाई दक्षिणा दिने गर्छन्। तराईलगायत भारतमा साउन पूर्णिमाका दिन प्रातः नुहाइधुवाइ गरेर बहिनीहरुले पूजाको थालीमा राखीको साथमा दीप, चन्दन, मिठाइ इत्यादि लिएर अभीष्ट भन्ने देवता सम्झेर दाजुभाइलाई टीका लगाएर मिठाइ ख्वाइ दीर्घायुको कामना गर्दै दायाँ हातमा राखी बाँध्ने मधेसका महिलाको चलन छ। त्यसपछि दाजुभाइले बहिनीको रक्षा गर्ने प्रतिबद्धताका साथ उपहारहरु पनि दिने गर्छन्।

पौराणिक कथाअनुसार देवराज इन्› र दैत्यराज वृतबीच १२ वर्षसम्म भयंकर युद्ध चलेको थियो। जसमा असुरले विजय प्राप्त गरेका थिए। त्यसपछि इन्›ले मर्नु निको मानी असुरसँग अन्तिम युद्ध गर्ने संकल्प लिए। अनि देवगुरु वृहस्पतिले इन्›को विजयको कामना गर्दै रक्षाको विधान श्रावण मासको पूर्णिमाको शुभ मूहूर्तमा इन्›लाई रक्षाको बन्धन बाँध्दै निम्न मन्त्र जप्नुभयो– …येन बद्धो बली राजा दानवेन्›ो महाबलः, तेन मन्त्रेण बहनामि रक्षे मा चल मा चल।' तत्पश्चात् इन्›ाणीले इन्›को दाहिने हातमा रक्षासूत्र बाँध्नुभयो। त्यो पवित्रताको रक्षा सूत्र बाँध्नाले देवराज इन्› विजयी बने।

अर्को कथाअनुसार जब यमदूतले आफ्नो बहिनी यमुनासँग राखी बाँध्ने समयमा भनेका हुन्छन् कि जसले यस पवित्रताको राखी बाँध्छ ऊ यमदूतको सजाय अथवा भयबाट मुक्त हुन सक्छ। यही कारण रक्षाबन्धन धार्मिक उत्सवका रूपमा पनि मानिँदै आएको छ। जसको सम्बन्ध जीवनमा श्रेष्ठता एवं निर्विकारितासँग छ। त्यसैले पनि यसलाई विषतोडक पर्व पनि भनिन्छ।

आज हरेक व्यक्ति सांसारिक बन्धनदेखि छुट्न चाहन्छन् र ईश्वरीय बन्धनमा बाँधिन चाहन्छन् किनकि ईश्वरीय बन्धन काल्पनिक र सुखदायी बन्धन हो। रक्षाबन्धन यसै कुराको प्रतीक हो कि हामीले आफू स्वयंको रक्षाका लागि पवित्रताको बन्धनमा बाँधिनुपर्छ। भनिन्छ कि यो बन्धन दशैंसम्म बाँध्ने जबसम्म दश विकारमाथि विजय प्राप्त गरेर दशमी मनाइँदैन तबसम्म यो पवित्रताको बन्धनमा बाँधिनुपर्ने आवश्यकता छ।

रक्षाबन्धन मर्यादा र आत्मा निग्रहद्वारा मृत्युमाथि विजय प्राप्त गर्ने पर्व हो। रक्षासूत्रको बन्धन र टीका यस उत्सवको प्रमुख विधान हो। सूत्र आत्माको मर्यादा र संयमको प्रतीक हो र टीका आत्मस्वरूप स्थितिको प्रतीक हो।

प्रकाशित: २ भाद्र २०७३ ०५:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App