७ वैशाख २०८१ शुक्रबार
अर्थ

एनआईसी एसियाको एटिएम सेवा सुरु

कालिकोट – एनआईसी एसिया बैंक कालिकोट शाखाले एटिएम सेवा सुरु गरेको छ। जिल्लामा शाखा स्थापना भएको एक वर्षको पुगेको अवसरमा एटिएम सेवा सुरु गरिएको हो। 

खाँडाचक्र ननगरपालिका मेयर जसीप्रसाद पाण्डेलले शाखाको उद्घाटन गरे। एटिएम सेवा सुचारुसँगै बैंकले १० प्रतिशत ब्याज दिने गरी सम्मुन्नति प्लस बचत खाता पनि ल्याएको छ। यस खातामा दैनिक मौज्दात न्यूनतम १० हजार रुपैयाँ हुनुपर्ने बैंक शाखाका प्रबन्धक उजिर भण्डारीले बताए। 

सम्मुन्नति प्लस बचत खाता खोलेपछि ग्राहकलाई एक इन्टरनेट, मोबाइल बैंकिङ र  डिम्याट खाता र डेबिट कार्ड निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ। बैंकले त्रैमासिक रुपमा ब्याज भुक्तानी दिने जनाएको छ। सम्मुन्नति बचत खाता अन्तर्गत बार्षिक ८ प्रतिशत ब्याजदर रहेको छ। खाता खोल्दा एक बर्षसम्म एटिएम कार्ड निःशुल्क उपलव्ध गराइने भएको छ। 

बैंकले मोबाइल बैंक र इन्टरनेट बैंक निःशुल्क गरेको शाखाले जनाएको छ। बैंकले देशका १८० वटै शाखाबाट चेक लिन सकिने व्यवस्था गरेको शाखा प्रबन्धक भण्डारीले बताए।

प्रकाशित: १८ फाल्गुन २०७४ १४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App