७ वैशाख २०८१ शुक्रबार
समाज

थापाको हत्यामा दुई जना संलग्न : प्रहरी

टीकापुर- विभत्स तरिकाले हत्या गरिएका टीकापुर–२ सीतापुरका २१ वर्षका कर्ण थापाको हत्यामा दुई जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ।

कैलाली प्रहरी प्रमुख एसपी विनोद घिमिरेले अनुसन्धानका क्रममा हत्यामा दुई जनाको संलग्नता प्रमाणित भैसकेको बताए। उनले अन्य व्यक्तिको समेत संलग्नता हुनसक्ने आशंका गरेका छन्।

‘दुई जनाको बारेमा हामी स्पष्ट भैसकेका छौं’ उनले भने–‘अन्य व्यक्तिहरु पनि हुनसक्छन। हामी अनुसन्धान गरिरहेका छौं।’ प्रहरीले अनुसन्धानमा असर पर्ने भएकाले संलग्नको पहिचान गोप्य राखेको छ ।

होली खेलिरहेका सयौंको संख्यामा उपस्थित मान्छेको भिडमा केही व्यक्तिले थापाको धारिलो हतियार प्रयोग गरेर हत्या गरेका थिए । उनको हत्याको विरोधमा आफन्त विरोधमा उत्रिएका छन्। उनीहरुले इप्रका टीकापुरको प्रवेशद्वारमा धर्ना दिनुका साथै टायर समेत बालेका छन्। आफन्तको विरोधका कारण टीकापुर बजार बन्द रहनुका साथै यातायात समेत ठप्प छ।

आफन्तले अझै मृतकको शव बुझ्न अस्विकार गरेका छन्। मृतकको शव टीकापुर अस्पतालको शव गृहमा राखिएको छ। टीकापुरको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कैलाली प्रहरी प्रमुख घिमिरे टीकापुर पुगेका छन्।

 

 

प्रकाशित: १९ फाल्गुन २०७४ ०९:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App