coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

युएइमा नेपालीको टायर कम्पनी सञ्चालनमा

युएई-वैदेशिक रोजगारको लागि गन्तव्य ठानिने युएईमा व्यवसाय गर्ने नेपालीहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ।

सन्दर्भमा  युएइमा व्यवसायीको रुपमा परिचित स्याङजा घर भइ हाल बुटवलमा बस्ने शंकर प्रसाद न्यौपाने र  नवलपरासीका गणेश पाण्डेको संयुक्त लगानीमा जी के एस  टायर नामक कम्पनी संचालनमा ल्याएका छन्। युएइको दुबईस्थित  औद्योगिक  क्षेत्र अलकुजमा  एक कार्यक्रम गरी  कम्पनीको औपचारिक रुपमा शुक्रबार उद्‌घाटन गरिएको छ।

अलकोज औधोगिक  क्षेत्र  ४ मा रहेको कम्पनीको उद्‌घाटन नमस्ते ट्राभल एण्ड टुरीजमका संचालक तथा नेपाल बिज्नेस काउन्सिल युएईका कोषाध्यक्ष एकेन्द्र थापा र नेपाली चेली प्रिन्सेस कोइरालाले संयुक्त रुपमा उद्‌घाटन गरेका हुन्।

कम्पनीले विभिन्न प्रकारका  गाडीका टायर फिक्सिङ, इन्जिन मर्मत, पेन्ट लगायत पुराना गाडीहरुको किनबेच समेत गर्ने संचालक शंकर प्रसाद न्यौपानेले बताए। नेपाली गह्राकहरुलाई विशेष  छुट दिने उनले सुनाए।

देशमा बेरोजगारीले गर्दा विदेशीनु पर्ने नेपालीको बाध्यता भए पनि विदेश आइसकेपछि लगनशील भएर काम गर्ने हो भने आफुले सिकेको शिपबाट आफ्नै लगानी गरी व्यापार गर्न सकिने बताउदै नमस्ते ट्राभल एण्ड टुरीजमका संचालक तथा नेपाल बिज्नेस काउन्सिल युएईका कोषाध्यक्ष एकेन्द्र थापाले कम्पनीको सफलताको लागि शुभकामना दिए।

कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि, व्यवसायी लगायतको  नेपालीहरुको उपस्थिति रहेको थियो।

 

 

 

प्रकाशित: २ भाद्र २०७३ १३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App