७ वैशाख २०८१ शुक्रबार
समाज

राज्यको उपस्थिति नहुँदा दार्चुलाका उत्तरी सीमामा सधैं समस्या

दार्चुलाको उत्तरी व्यास गाउँपालिकाको भारतीय सीमा । यस क्षेत्रमा सधैँजसो भारतीय हस्तक्षेप हुने गरेको छ ।

दार्चुला – दार्चुलाको उत्तरी व्यास गाउँपालिकाको भारतीय सीमा क्षेत्रमा विगतदेखि नै अनेक समस्या देखिए पनि राज्यको उपस्तिथी नदेखिँदा सधैं समस्याद देखिने गरेको छ। 

कालापानी र लिपुलेक सीमा अतिक्रमणका कारण यस क्षेत्रमा प्रायः भारतीय पक्षको दवाव रहँदै आएको गुनासा हमेसा सुनिने गरेका छन् । सीमा क्षेत्रमा नेपालको भूभागमा भारतीय पक्षले आफू अनुकूलका गतिविधि सञ्चालन गरिरहेको छ। कहिले सुरक्षाकर्मीको दुव्र्यबहार, तुइन काटिने, सुरक्षा जाँचका नाममा खानतलासी, मालसामानमा रोकटोक तथा यात्रा अनुमतिपत्रको  समस्या भोग्नु परिरहेको स्थानीयको भनाइ छ। 

कहिले सुरक्षाकर्मीको दुव्र्यबहार, तुइन काटिने, सुरक्षा जाँचका नाममा खानतलासी, मालसामानमा रोकटोक तथा यात्रा अनुमतिपत्रको  समस्या भोग्नु परिरहेको स्थानीयको भनाइ छ। 

पछिल्लो समय  भारतीय पक्षले नेपालतिर मानव बस्ती नै नभएको तथा राज्यको उपस्थिति नै नभएको व्यास गाउँपालिका–२  ताम्पाकु, घाटबगर, दोपखे नज्यगं क्षेत्रमा नेपाली भूमिको प्रयोग तथा प्राकृतिक साधनको समेत दोहन गर्ने गरेको तथ्य खुलेको छ । नेपालको जंगल प्रयोगदेखि लिएर नेपाली भूभागमै सुरक्षा गस्तीसमेत सञ्चालन गर्नेसम्मका कार्य भारतीय सुरक्षा बलले गर्दै आएको छ । भारतमा सडक निर्माणका बहानामा नेपाली भूमिको दोहनसमेत भएको छ । सीमापारि निर्माण हुने सडकमा प्रयोग गरिएका बिस्फोटक नेपालतर्फ गम्भीर क्षति पुग्ने गरेको छ भने वन पैदावार तथा वन्यजन्तुको समेत चोरी सिकारी हुने गरेको छ।

भारतीय पक्षले नेपाल सरकारको अनुमतिबिनै महाकाली नदीमा एकतर्फी पुल बनाई नेपाली भूमिमै आएर बाटो बनाएको र डोजर प्रयोग भएको घटना प्रकाशमा आएसँगै यससँगै जोडिएका अन्य तथ्यसमेत प्रकाशमा आएका छन् । सीमामा भारतले एकतर्फी रूपमा अन्तर्राष्ट्रिय मुल्यमान्यता विपरीतका गतिविधि गरिरहनुमा त्यस क्षेत्रमा राज्यको उपस्थिति नै नहुनु प्रमुख कारण रहेको स्थानीयको विश्लेषण छ । सीमामा भारतीय पक्षको दोहन रोक्नका लागि न त यस क्षेत्रमा कसैको बसोबास रहेको छ न त सुरक्षा निकायको उपस्थिति नै । यसैको फाइदा भारतीय पक्षले लिइरहेको छ । 
 हाल महाकाली नदी किनारको उत्तरतिर दुम्लिङमा मात्रै नेपाल प्रहरीको उपस्थिति रहेको छ । अहिले पुल निर्माण गरिएको क्षेत्र प्रहरी चौकीबाट करिब चार घन्टाको पैदल दूरीमा पर्छ।

 भारतीय पक्षले महाकाली नदीमा काठको अस्थायी पुल राखेको र नेपाली भूमि भएर मेसिन आफ्नोतिर लैजाँदा नेपाल सरकारको कनै अनुमति नलिएको र वेवास्ता गरेको ठहर भएको  अपीनाम्पा संरक्षण क्षेत्र दार्चुलाका अध्यक्ष चक्रसिंह ह्यांकीले बताए। 

‘यो क्षेत्र संरक्षित क्षेत्र हो । यसभित्र कुनै पनि गतिविधि गर्दा  परिषद्को समेत अनुमति लिनुपर्छ । उनले  भने, ‘तर यहाँ त कुनै समन्वय  नै भएन,  सीमामा भारतीय पक्षको सीमामा  ज्यादती र नेपाली सम्पदाको दोहन हुनुमा त्यहाँ राज्यका कुनै पनि निकायको उपस्थिति नहुनु प्रमुख कारण रहेको छ ।’ पछिल्लो  घटनाबारे परिषद्को गम्भीर आपत्ती रहेको उनले बताए । ‘नेपालीभूमिमै जंगल कटान गरी पुल निर्माण तथा हतियारसहित प्रवेश गर्नेसम्मका गतिविधिसम्म भएको सुन्नमा आयो यो गम्भीर अपराध हो,’ उनले थपे, ‘कर्मचारी अभावमा संरक्षण क्षेत्रले समेत त्यस क्षेत्रमा चौकी स्थापना गरी नियमित गस्ती गर्न सुरक्षा चुनौती छ।’ 

हाल  दार्चुलाको उत्तरी सिमानामा कुनै पनि सुरक्षा निकायको उपस्थिति छैन । व्यास गाउँपालिका २ दुम्लिग सम्म नेपाल प्रहरीको उपस्थिति रहेको छ । भए पनि भौगोलिक बिकटता र पुर्वाधार अभावमा   नेपाल प्रहरीको तिंकर र सीतापुलमा रहेको चौकी दुम्लिङमा  रहेको  दार्चुलाका डिएसपी जनकबहादुर शाहीले बताए । तिंकर र सीतापुलको चौकी हिउँदमा हिमपातका कारण बस्न नसकिने भएकाले गर्मी याममा मात्रै सो क्षेत्रमा प्रहरी चौकी रहने गरेको छ । उनले भने, ‘उक्त क्षेत्रमा वर्षभरि प्रहरीको उपस्थिति नहुनुमा भौतिक पूर्वाधारको अभावका साथै बन्दोबस्ती सामग्रीको अभाव समेत हुने गरेको छ।

जिल्लामा सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म स्थापना भएको र  सीमामा ६ वटा स्थान छाङरु, सीतापुल, सितापुल, सिना, दत्तु र उकुमा सशस्त्र प्रहरीको सीमा चौकी राख्ने, जिल्लामा गुल्म स्थापनासँगै  केन्द्रमा पटकपटक माग गरिएको सीमा सुरक्षा गुल्म दार्चुलाका गुल्मपति डिएसपी अम्बिकाप्रसाद जोशीले बताए । ‘जिल्ला सदरमुकाममा रहेको गुल्मबाट अहिले सीमा गस्ती हुने गरेको छ,’ उनले भने, ‘सीमामा युनिट स्थापना  गर्न केन्द्रबाटै निर्णय हुनुपर्दछ ।’ सीमामा स्थायी सुरक्षा निकायको युनिट राख्नका लागि  जिल्ला सुरक्षा समितिमार्फत केन्द्रमा माग गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए । ‘सीमामा स्थायी सुरक्षा निकायको युनिट राख्न केन्द्रसँग माग गरिएको छ,’ उनले भने, ‘जिल्लामा रहेको सशस्त्र प्रहरीलाई सीमासम्म विस्तार गर्न माग गरेका छौँ ।’

प्रकाशित: २० फाल्गुन २०७४ ०३:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App